
नयाँ बिकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्ला दिनहरुमो विकसित राजनीतिक घटनाक्रमको विषयमा साझा धारणा तय गर्न मंगलबार सर्वदलिय बैठक बोलाएका छन् ।
केही समययता देशका विभिन्न ठाउँमा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुको प्रत्यक्ष र कतै अप्रत्यक्ष संलग्नतामा संघीयता, गणतन्त्र र धर्मनिरपेक्षताबिरुद्ध बढ्दै गएको राजावादीहरुको प्रदर्शनको विषयमा छलफल गर्न बैठक बोलाएका हुन् ।
ओलीले मंगलबार बोलाएको सर्बदलिय बैठकमा उपस्थित हुने वा नहुने भन्ने विषयम नेपाली कांग्रेसले कुनै निर्णय लिइनसकेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले बताए । उनले सो बैठकमा जाने वा नजाने भन्ने विषयमा कांग्रेस भित्र छलफल भइरहेको छ ।
सार्बजनिक वा राष्ट्रिय महत्वको विषयमा कुनै निर्णय गर्नु पर्दा प्रधानमन्त्रीले सर्बदलिय बैठक बोलाउने प्रचलन छ । सत्तारुढ पार्टी नेकपा भित्रै आफू अल्पमतमा परेपछि प्रधानमन्त्री ओलीले अर्को राष्ट्रबादी फण्डा ल्याउन सक्ने आंकलन गरिएको छ ।
पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत कात्तिक २८ गते पेश गरेको राजनीतिक प्रस्तावलाई आरोप पत्रको संज्ञा दिँदै ओलीले सो प्रस्तावका बिषयमा छलफल गर्न बोलाइएको बैठकमा उपस्थित भएका थिएनन् ।
पार्टी सचिवालय, स्थायी समिति र केन्द्रीय समितिमा समेत अल्पमतमा परेका ओलीले राष्ट्रबादी फण्डाको प्रस्ताव र राष्ट्रप्रमुख राष्ट्रपतिलाई अघि सार्दै आफू अनुकुलका निर्णय र क्रियाकलाप गर्दै आएका छन् ।
राप्रपाको औपचारिक र अनौपचारिक सक्रियतामा मंसिर २० गते शनिबार ओलीको गृह जिल्ला झापा, राजधानी काठमाडौंसहितका दर्जनौं स्थानमा वर्तमान राजनीतिक परिवर्तनविरुद्ध भएका प्रदर्शन भएका थिए ।
पूर्वराजा ज्ञानेन्द्र शाहको तस्वीर र राष्ट्रिय झण्डासहित हुने गरेका प्रदर्शनमा ‘राजा आउ देश बचाउ’ जस्ता नारा लगाउँदै दिनहुँ प्रदर्शन हुन थालेपछि त्यस्तो असन्तुष्टिलाई समन गर्ने उदेश्यले प्रधानमन्त्री ओलीले सर्बदलिय बैठक बोलाएको जनाइएको छ ।
प्रधानमन्त्री ओलीले पार्टी भित्रको आन्तरिक बिबादलाई संवोधन नगरी सर्बदलिय बैठकमाफृत राजनीतिक दलबीचको एकताको सहकार्यको प्रस्ताव अघि ल्याउन खोजेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेललाई गत मंसिर १७ गते तनहुँको व्यास नगरपालिकास्थित बुल्दी खोला पुल उद्घाटन गर्दा प्रहरीले पक्राउ गरेपछि कांग्रेसले सोही दिन र मंसिर १८ गते देशब्यापी विरोध प्रदर्शन गरेको थियो ।
कांग्रेसले पौडेल पक्राउ घटना, भ्रष्टाचारको बिगबिगी, कोभिड नियन्त्रणमा सरकारको कमजोर क्रियाकलाप लगायतका विषयलाई लिएर मंसिर २९ गते देशब्यापी विरोध प्रदर्शनको घोषणा गरेको छ भने राजावादीहरुले मंसिर २६ गते राजधानीमा प्रदर्शन गर्ने भएका छन् ।
हिन्दु राज्य, केन्द्रीकृत शासन र राजतन्त्रको माग गर्दै दिनहुँ आन्दोलन भइरहेका छन् । विपक्षी जनता समाजवादी पार्टीसँग तिक्तापूर्ण सम्वन्ध बनाएका प्रधानमन्त्री ओलीसँग राजतन्त्रात्मक शासनको पक्षमा उभिएको राष्ट्रिय प्रजातन्त्र पार्टी पनि सरकारप्रति नरम व्यवहार गर्ने पक्षमा देखिन्न ।
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...
काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...