लुम्बिनी प्रदेशका सांसदहरुले भने ‘अस्थायी संरचनामै राजधानी सार्न हतार नगरौं’ – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

लुम्बिनी प्रदेशका सांसदहरुले भने ‘अस्थायी संरचनामै राजधानी सार्न हतार नगरौं’

लुम्बिनी प्रदेशका सत्ता(प्रतिपक्षका सांसदहरुले भने(‘अस्थायी संरचनामै राजधानी सार्न हतार नगरौं’
बुटवल मंसिर २२ (

लुम्बिनी प्रदेशको स्थायी राजधानी तत्काल दाङ सार्ने सम्भवना नरहेको सत्ता र प्रतिपक्षका सांसदहरुले बताएका छन् ।

बुटवलको अस्थायी संरचनाबाट दाङ भालुवााङको अस्थाई संरचना मै कार्यालयहरु लैजादँ राज्यलाइ करोडौ रुपया आर्थिक भार पर्ने भएकाले उपर्युक्त स्थायी संरचना निमार्णपछि मात्रै सरकारका संरचनाहरु लैजादा उपर्युक्त हुने उनीहरुको धारणा छ ।

रिपोर्टसर्् क्लव लुम्बिनी प्रदेश बुटवलारा आयोजित साक्षात्कार कायक्रममा बोल्दै नेपाली कँंग्रेस लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता विरेन्द्र कनौडियाले प्रदेशको राजधानी र नामाकरणपछि सरकार दायीत्व पूरा नभएको भन्दै नया ठाउमा राजधानी स्थापित गर्न सरकार थप गम्भीर भएर लाग्नुपर्ने बताए ।

‘प्रदेशसभाको हिंउदे अधिवेशन दाङमा गर्ने हल्ला सुनिएको छ, यहि हालतले देउखुरीमा कसरी बैठक बस्न सक्छ,संरचना केहि छैनन् ? ’उनको प्रश्न छ । उनले भने— ‘अस्थायीबाट फेरि अस्थायी कसरी जाने भौतिक संरचनाको निमार्ण सकेर लैजानुपर्छ ,बरु छटो काम होस्।’

उनले नेकपा विवाद कुनै सैद्धान्तिक र बैचारिक नभएको भन्दै सत्ता र शक्ति केन्द्रीत भएको टिप्पणी गरे । उनले यस्तो महामारीको बेलामा पार्टी भित्रको झगडाका कारण देशलाई बर्वाद बनाउन नहुने भन्दै जनताप्रति खेलबाड नगर्न उनको आग्रह छ ।

संघीय सरकार जनतालाई डेलिभरी दिन नसकेको भ्रष्ट्रचारमा डुबेको , संविधान विपरीत क्रियाकलाप गरेको,नीति नियम नमानेको,तानाशाही भएकोले नैतिक रुपमा पतन भैसकेको आरोप लगाए ।

उनले सरकारलाई सत्तामा बस्ने कुनै अधिकार नभएको आरोप लगाए । नेपाल कनिष्ठ पार्टी ९ नेकपा० लुम्बिनी प्रदेश प्रमुख सचेतक भुमेश्वर ढकालले राजधानी स्थापित र व्यवस्थित गर्न समय लाग्ने बताए । उनले दीर्घकालिन संरचना निमार्ण गरेरै मात्र राजधानी दाङ सार्ने सरकारको मनसाय रहेको बताए ।

उनले प्रदेश सरकार दीर्घकालिन योजना साथ अगाडी बढेको भन्दै प्रतिपक्षले लगाउने गरेको भष्ट्रचारको आरोपको खण्डन गरे ।

उनले भने—‘सरकारले भ्रष्ट्रचार ,अनियमितता गरेको भए प्रमाणित गर्न चुनौति दिन्छु ,यदि त्यसो भए प्रदेशको लेखा समिति के हेरेर बसेको छ ?’ उनले बुटवलबाट राजधानी सरेपनि आर्थिक केन्द्र भने बुटवलमा नै रहने दावी गरे ।

बुटवलबाट तत्काल सेयर कारोवारको व्यवस्था पनि शुरु हुन लागेको ढकालले जानकारी दिए ।
साक्षात्कार कार्यक्रम क्लवका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षता तथा सचिब कपिल ज्ञवालीको संचालनमा भएको थियो ।

सम्बन्धित समाचार

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ मंसिर २२, १६: ५१

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ मंसिर २२, १६: ५१

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ मंसिर २२, १६: ५१

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...