प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकबाट देउवा बाहिरिए – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकबाट देउवा बाहिरिए


नयाँ विकल्प,

काठमाडौं – पार्टी भित्रको बिबादमा रुमलिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बोलाएको सर्बदलिय बैठक छाडेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हिँडेका छन् ।
बैठकमा नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र सहमहामन्त्री डा. प्रकाशशरण महत भने सहभागी छन् । प्रधानमन्त्री ओलीले कोभिड नियन्त्रणमा सरकारको प्रयास र राजाबादीहरुको पछिल्लो प्रदर्शनको विषयमा जानकारी दिएपछि देउवा बाहिरीका हुन् ।


नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेश गरेको राजनीतिक प्रस्तावलाई आरोप पत्रको संज्ञा दिँदै पार्टीको सचिावलय र स्थायी कमिटी बैठक छल्दै आएका प्रधानमन्त्री ओलीले मंगलबार सर्बदलिय बैठक बोलाएका हुन् ।

विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ नियन्त्रण गर्न नसकी भ्रष्टाचारमा सरकार रुमलिएको भन्दै सर्बत्र आलोचना हुन थालेपछि संघीय लोकतान्त्रिक गणतन्त्रबिरोधी प्रदर्शन देशव्यापी फैलन थालेपछि ओलीले सो विषयमा छलफल गर्न सर्बदलिय बैठक बोलाएका हुन् ।

प्रधानमन्त्री ओलीले बोलाएको बैठकमा सत्तारुढ नेकपाका अर्का अध्यक्ष दाहाल, नेता तथा पूर्वप्रधानमन्त्रीहरु झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष बामदेव गौतम, नेकपा संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङ, महासचिव विष्णु पौडेल सहभागी छन् ।

जनता समाजवादीका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुर, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल मजदुर किशान पार्टीका प्रतिनिधि सहभागी थिए । बैठकमा पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपाका तीन अध्यक्ष कमल थापा, पशुपति शम्शेर राणा र डा. प्रकाशचन्दै लोहनी उपस्थित भएनन् ।

सम्बन्धित समाचार

त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
त्रिविका उपकुलपति, रेक्टर र रजिस्ट्रारले दिए राजीनामा
  • २०७७ मंसिर २३, १३: ०८

काठमाडौं : त्रिभुवन विश्वविद्यालयका शीर्ष पदाधिकारीहरूले राजीनामा दिएका छन् । उपकुलपति प्रा. दीपक अर्याल, रेक्टर प्रा. खड्ग केसी र रजिस्ट्रार प्रा. केदारप्रसाद...

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ मंसिर २३, १३: ०८

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ मंसिर २३, १३: ०८

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...