
नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वसभामुख रामचन्द्र पौडेलले राष्ट्रपति विद्यादेवी भण्डारीको तामझामले मुलुकमा गणतन्त्रबिरोधी नारा लाग्न थालेको आरोप लगाएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार सरकारी निवास वालुवाटारमा बोलाएको सर्बदलिय बैठकमा आफ्ना धारणा राख्दै पौडेलले हाल गणतन्त्रको विरोधमा राजाबादीहरुको प्रदर्शन राष्ट्रपतिकै तामझामको प्रभाव भएको दाबी गरेका हुन् ।
‘राजा के कारणले हटाइयो, त्यसलाई बिर्सेर राष्ट्रपतिको जनु तामझाम देखिएको छ, त्यसले प्रभाव पारेको छ, आजको परिस्थिति ल्याउन’, पौडेलले राजाबादी दल दल राष्ट्रिय प्रजातन्त्र पार्टीतर्फ लक्षित गर्दै भने उनले राष्ट्रपतिको गतिविधिले जनतामा चरम असन्तुष्टि बढेको समेत दाबी गरे ।
सरकारलाई आफ्ना १२ बुँदे सुझाव र प्रश्न गर्दै नेता पौडेलले भ्रष्टचारका आरोपीलाई प्रधानमन्त्रीले नै ढाकछोप गर्न लागेको आरोप लगाए । उनलदे भने ‘तपाईंले आफन्त र मन्त्रीका भ्रष्टाचारका आरोपहरुको ढाकछोप आफै आगाडि सरेर गर्नुभयो ।’
पौडेलले देशमा भ्रष्टाचारको विगविगी भए पनि ठूला भ्रष्टाचारक काण्ड चलाउन नसक्ने अवस्थामा अख्तियार पुगेको र अदालत पनि प्रभावमा पारिएको जस्तो देखिएको दाबी गरे ।
देशलाई शुसासन दिन जनतालाई न्याय दिन संविधानले परिकल्पना गरेका आयोगहरु ३९ पद अहिलेसम्म खाली भएको भन्दै पौडेलले सोधे ‘पारदर्शी ढंगले जुन पदमा जस्ता मान्छे चाहिने हुन सोही बमोजिम रोष्टर बनाएर उपयुक्त छनोटमा किन लाग्नु भएन ?’
उनले संवैधानिक अङ्गमा नियुक्ति गर्दा प्रधानमन्त्री र कांग्रेस सभापतिले मात्रै अनुकुल ठान्ने व्यक्ति खोजेमा आफैले बिरोध गर्ने बताए ।
पौडेलले ‘संसद अधिवेशन चाँडो अन्त्य गरेर अध्यादेशले शासन चलाउने सुविधाको बाटो किन रोज्नु भयो ? र दल विभाजन विधेयक किन खोज्नु भयो’ भनी प्रश्न गरेका छन् । उनले मंसिर १७ गते दमौलीमा आफू्लाई किन पक्राउ गरियो भने प्रश्न समेत गरेका छन् ।
पौडेलले बुधबार सर्वदलिय बैठकमा पेश गरेको १२ बुँदे सुझाव यस्तो छ –

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...
काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...
काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...