
एजेन्सी – ब्राजिलमा कोरोना भाइरस (कोभिड–१९) बाट बुधबार ८३६ जनाको मृत्युपछि कुल मृतकको संख्या एक लाख ७८ हजार ९९५ पुगेको समाचारमा जनाइएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्म अर्थात् बुधबार सम्ममा ब्राजिलमा कोरोनाको कारण एक लाख ७९ हजार ९९५ जनाको मृत्यु भएको छ । त्यसैगरी यहाँ गएको २४ घन्टा यता मात्र गरेको परीक्षणका क्रममा ५३ हजार ४५३ जनामा संक्रमण देखिएको पुष्टि भएको पनि यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
दक्षिण अमेरिकी यस देश कोरोनाबाट सबैभन्दा धेरै प्रभावित बनेको ब्राजिलमा अहिलेसम्म कोरोनाका ६७ लाख २८ हजार ४५२ जना सङ्क्रमित फेला परिसकेका छन् । ब्राजिलमा पछिल्ला दिनमा कोभिडका कारण मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ ।
ब्राजिल अमेरिकापछि कोरोनाबाट मृत्यु हुनेको संख्याको आधारमा दोस्रो सबैभन्दा प्रभावित मुलुक हो । ब्राजिलमा गत २४ घन्टामा ८३६ जना कोरोना भाइरसका संक्रमित विरामीको ज्यान गएको पनि सो मन्त्रालयले जनाएको छ । केही महिना यतादेखिको मृत्यु संख्या हेर्दा एकै दिनमा भएको यो सबैभन्दा धेरै मृत्यु हो ।
कोरोना नियन्त्रण गर्न नसकेको भन्दै ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारोको आलोचना हुँदै आएको छ । यसैक्रममा पछिल्लो पटक झन् धेरै संक्रमित भेटिन थालेपछि उहाँको विरोध भएको हो । यहाँ पछिल्लो समयमा मृत्यु हुनेको संख्यामा पनि बृद्धि हुने गरेको ब्राजिलका स्वास्थ्य अधिकारीले जनाएका छन् । उनीहरुले ब्राजिलमा कोरोनाको दोस्रो चरणको लहर आएको बताएका छन् ।
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...