कैलालीका महिला स्वास्थ्यस्वयंसेविकालाई साइकल वितरण – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कैलालीका महिला स्वास्थ्यस्वयंसेविकालाई साइकल वितरण

नयाँ विकल्प

कैलाली-महिला स्वास्थ्य स्वयंसेविका रञ्जितादेवी टमट्टालाई वडा कार्यालय हिँडेर आउनुपर्दा समय व्यवस्थापन गर्न कठिन हुन्थ्यो । उनको घरबाट वडा कार्यालय तथा स्वास्थ्य संस्था पुग्न आधा घण्टा लाग्थ्यो ।

रञ्जितालाई वडा कार्यालयले साइकल वितरण गरेको छ । साइकल पाएपछि उनी अब आवतजावतमा सहज हुने बताउँछिन । “हामी स्वयंसेविकाका समस्या र माग साना–साना छन्, दिनभरि सामाजिक काममा हिँड्नुपर्छ तर एउटा साइकलको समस्या थियो”, रञ्जिताले भनिन् , “सरकारले समयमै बुझेछ ।

साइकल उपहार दियो । अब हिँडडुल गर्न सजिलो हुने भएको छ ।” स्वयंसेविका सरिता ठकुल्लाको घरबाट स्वास्थ्य संस्था पुग्न एक घण्टा लाग्छ । सरितालाई पनि साइकल पाएपछि अब सजिलो भएको छ । “हामी वडाका हरेक काममा हिँड्नुपर्छ, पैदल हिँडेर सबै भ्याउनुपर्ने समस्या थियो”, सरिताले भनिन, “नगरपालिकाले साइकल दियो । अब सबै साथीलाई सजिलो हुन्छ । हामीले वडाध्यक्षलाई साइकल चाहियो भनेका थियौँ, व्यवस्था गरिदिनुभएछ ।”

नगरपालिकाले वडा नं ८ का १३ महिलालाई साइकल वितरण गरेको छ । साइकल पाएपछि रञ्जिता र सरिता मात्र होइन, झम्टी साउदलगायतका सबै स्वयंसेविका खुशी भएका छन् । उनीहरुले अझ थप स्वास्थ्य सेवा प्रभावकारी बनाउन काम गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत टीकापुर नगरपालिका–८ ले वडाभित्रका १३ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल पुरस्कार दिएको हो ।

वडा कार्यालयले वडामा उत्कृष्ट सेवा दिएवापत दुई महिला स्वास्थ्य स्वयंसेविका मीना टमट्टा र डम्मरा बोहरालाई भित्तेघडीसमेत प्रदान गरेको छ । नगरप्रमुख तपेन्द्रबहादुर रावलले स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउँदै स्वयंसेविकाकै सहयोगका कारण नगरपालिका स्वास्थ्य सेवामा सुदूरपश्चिममै उत्कृष्ट हुन सफल भएको बताए । “हामी उनीहरुको लगनका कारण सुदूरपश्चिममा उत्कृष्ट भएका हौँ”, नगरप्रमुख रावलले भने , “यहाँहरुले स्वास्थ्य सेवामात्र नभई सामाजिक अभियान, विकासका कार्यमा समाजलाई जागरुक बनाउने काम पनि गर्नुभएको छ ।”

उनले आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविकाले उच्च मनोबलका साथ सेवा प्रदान गर्ने वतावरण तयार गर्ने बताए । वडाध्यक्ष दीर्घबहादुर ठकुल्लाले वडा कार्यालयले स्वयंसेविकालाई प्रोत्साहन गर्ने, उनीहरुका आवश्यकता पूरा गर्ने जिम्मा सरकारको भएकाले आउँदा दिनमा यस्ता कार्यक्रम निरन्तर गरिने बताए।

“हामी यहाँहरुलाई खुशी राख्ने प्रयास गर्नेछौँ, सेवा दिने मानिस सधैँ खुशी रहनुपर्छ”, ठकुल्लाले भने “तपाईँहरुकै कारण महिलाको नेतृत्व र क्षमता विकास भएको छ ।” २१० विद्यार्थीलाई ज्याकेट र जुत्ता वितरण कैलालीको टीकापुर नगरपालिका–४ स्थित जनप्रकाश आधारभूत विद्यालय बाघमारामा अध्ययनरत २१० विद्यार्थीलाई जाडोमा लगाउने ज्याकेट र जुत्ता वितरण गरिएको छ ।

चिसो मौसम शुरु भएपछि जाडो छेक्न सजिलो होस् भनी ज्याकेट र जुत्ता वितरण गरिएको वडा कार्यालयले जानकारी दिएको छ । वडा कार्यालयको सहयोगमा विद्यार्थीलाई ज्याकेट र जुत्ता वितरण गरिएको वडाध्यक्ष लालवीर चौधरीले बताए।

“विद्यालयका बालविकासदेखि कक्षा ८ सम्म अध्ययनरत २१० जनालाई आवश्यक सामग्री वितरण गरिएको हो”, वडाध्यक्ष चौधरीले भने , “विद्यालयमा विपन्न बस्तीका बालबालिका अध्ययन गर्छन्, उनीहरुलाई केही राहत होस् भन्ने उद्देश्य हाम्रो हो ।”

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठग्गु चौधरीले जाडोमा ज्याकेट र जुत्ता भएमा विद्यार्थीको नियमित उपस्थिति रहने बताए । “कति विद्यार्थी जाडो छेक्न नसकेर विद्यालय आउँदैनन्”, अध्यक्ष चौधरीले भने , “यस्तो बेला विद्यार्थीलाई ठूलो राहत भएको छ ।”

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ मंसिर २६, ११: ५४

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ मंसिर २६, ११: ५४

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ मंसिर २६, ११: ५४

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...