
नयाँ विकल्प,
काठमाडाैं- बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को फाइनल राउण्डमा पुगेका छन्।
बीबीसी वानु टेलिभिजनमा बिहीबार बेलुका प्रसारित प्रतियोगितामार्फत साह उत्कृष्ट प्रस्तुति दिँदै फाइनलद राउण्डमा पुगेका हुन्। नेपाली सेफ सन्तोष साहले नेवारी खाना योमरीलाई फ्युजन गरेर बनाएको खाना ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ को प्रतियोगितामा उत्कृष्ट भएपछि उनी उपाधि नजिक पुगेका हुन्।
सन्तोषले मौलिक नेवारी परिकार ‘योमरी’ लाई चकलेट, चिल्ली, अरेन्ज, सिनमन मिसाएर बनाएका थिए। उनी प्रतियोगितामा सहभागी ३२ व्यवसाहिक सेफहरुलाई उछिनेर शीर्ष ६ भित्र पुगेका हुन्।
प्रतियोगीहरुबीच अन्तिम चरणको प्रतिस्पर्धाको नतिजा १७ डिसेम्वरमा घोषणा हुनेछ।
यसअघि उनले प्याजको अचार, स्याउको चटनी, रोस्टेड काँक्रोको वियाँ, तरुलको खाना बनाएर टपि टेनमा पुगेका थिए। सिरहामा जन्मिएका शाहले भारतमा खाना पकाउन सिकेका हुन्। बीबीसी मास्टर सेफमा नेपाली खाना बनाएर जाने उनी पहिलो सेफ हुन्।
उनले पहिलो राउण्डमा बेथेको साग, तामाको अचार, भेडाको मासु, सिस्नु र आलुको तरकारी, भाङ्गको चट्नी, मकैको रोटी लगायतका नेपाली खानाका परिकारहरु पस्केका थिए।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...
काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...