प्रधानमन्त्रीले आइतबार बोलाएको संवैधानिक परिषद्को बैठकमा देउवा नजाने – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper
कांग्रेस बिरोध प्रदर्शन मत्थर पार्दै नेकपा बैठक छल्ने ओलीको डिजाइन तुहियो

प्रधानमन्त्रीले आइतबार बोलाएको संवैधानिक परिषद्को बैठकमा देउवा नजाने


नयाँ बिकल्प,
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बोलाएको संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाच नजाने भएका छन् ।

प्रधानमन्त्री भएदेखि हालसम्म रिक्त संवैधानिक निकायमा ४५ जना प्रमुख र सदस्य रिक्त छन् । प्रमुख प्रतिपक्षी दलका नेतालाई छलेर समेत बैठक गर्दै आएका परिषद अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आइतबार परिषद् बैठक बोलाएका थिए ।

प्रमुख प्रतिपक्षी कांग्रेसले सोमबार देशव्यापी रुपमा सरकारको असफलता र अलोकप्रियता दर्शाउन उसका कमजोरीमाथि प्रहार गर्न सोमबार विरोध प्रदर्शनको आयोजना गरेको छ ।

पार्टीको आन्तरिक जीवनमा समेत अल्पमतमा परेका प्रधानमन्त्री ओलीले नेकपा स्थायी कमिटी बैठकमा नगइ शुक्रबार साँझ प्रमुख प्रतिपक्षी दलका नेता देउवासँग कुराकानी गरेका थिए । पछिल्लो समय पार्टीको आन्तरिक बिबादमा फसेका ओलीले देउवासँग बारम्बार भेट गर्न थालेका छन् ।

प्रधानमन्त्री ओलीसँग देउवालाईं भेट गराउने जाँचो पाँजो भने कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक र नेकपा संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्वाङले गर्दै आएका छन् ।

देउवालाईइ छलेर विगतमा संवैधानिक निकायमा नियुक्ति गर्दै आएका ओलीले हालै देउवासँगको भेटमा सत्ता साझेदारीदेखि संवैधानिक निकायमा रिक्त सदस्य पदमा भागबण्डा गरी नियुक्ति दिने विषयमा छलफल गरेका थिए ।

कांग्रेसका तर्फबाट अनौपचारिक वार्तामा बसेका लेखकले कांग्रेसलाई झण्डै ४० प्रतिशत सिट मागेका छन् । स्रोतका अनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि महिला आयोगसम्म कांग्रेसले दाबी गरेका छ । तर, प्रधानमन्त्री देउवा भने कांग्रेसलाई २० प्रतिशत कोटा दिएर भुल्याउन चाहन्छन् ।

नेकपा स्थायी कमिटीको बैठक आइतबार नै राखेपछि त्यसलाई छल्न ओलीले संवैधानिक परिषद्को बैठक बोलाएका थिए । त्यसका लागि विगतमा भन्दा निकै लचक भएर ओली प्रस्तुत भए पनि देउवा पनि बैठकमा जान तयार थिए ।

तर कांग्रेसका अधिकांस नेताहरुले सोमबार सरकारविरोध देशव्यापी प्रदर्शनको अघिल्लो दिन प्रधानमन्त्रीले बोलाएको संवैधानिक परिषद्को बैठकमा गएर भागबण्डामा सहमति गर्दा नकारात्मक सन्देश जाने भन्दै बैठकमा नजान दबाब दिएका थिए ।

देउवाले नेता लेखकमार्फत संवैधानिक परिषद्को आइतबारको बैठकमा आफू आउन नसक्ने जनाई सकेका छन् ।

सम्बन्धित समाचार

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ मंसिर २७, १६: ०६

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ मंसिर २७, १६: ०६

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ मंसिर २७, १६: ०६

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...