पाचौं पटकको परिक्षणपछि सिटौलालाई कोरोना, स्वास्थ्य स्थिति सामान्य – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पाचौं पटकको परिक्षणपछि सिटौलालाई कोरोना, स्वास्थ्य स्थिति सामान्य


नयाँ बिकल्प,

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वउपप्रधानमन्त्री कृष्णप्रसाद सिटौलालाई कोरोना संक्रमण भएको छ ।

व्यक्तिगत र पार्टीको कामको शिलशिलामा संक्रमितसँग नजिक भएकै कारण कन्ट्याक्ट ट्रेसिङमा परेर चार पटकसम्म परिक्षण गरेका सिटौलालाई पाचौं पटकको स्वाब परिक्षणपछि कोभिड १९ पोजेटिभ आएको हो ।

सरकारले कोरोना उपचारको हबको रुपमा लिएको टेकु अस्पतालमा समेत निःशुल्क परिक्षण गर्न छाडेपछि धुम्बराहीस्थित ह्याम्स अस्पतालमा शुक्रबार स्वाब दिएका सिटौंलाको शनिबार कोभिड १९ पोजेटिभ आएको सहयोगी प्रेम भट्टराईले नयाँविकल्पलाई बताए ।

परिवारका सदस्य र सहयोगीसहित पाँच जनाको परिक्षण गर्दा शनिबार संक्रमण पुष्टि भएपछि सिटौला आफ्नै निवास चण्डोलमा आइसोलेसनमा बस्नु भएको छ । उनको स्वाब परिक्षण गर्दा सिटी भ्यालु २८ र अक्सिजनको मात्रा ९८ रहेको पारिवारिक स्रोतले जनायो ।

सिटौलाको सुरक्षार्थ खटिएका नेपाल प्रहरी र शसस्त्र प्रहरीका सदस्यहरुमा यसअघि संक्रमण पुष्टि भएसँगै सुरक्षाकर्मी परिवर्तन हुँदै आएका थिए ।

दुई पटक मुटुमा समस्या देखिएपछि उपचार गराएका सिटौलामा मधुमेहको संक्रमण छ । कोरोना संक्रमण पुष्टि भएसँगै सिटौला पार्टीले सोमबार देशव्यापी आयोजना गरेको विरोध कार्यक्रममा खटाएको महोत्तरीमा जाने कार्यक्रम रद्ध भएको छ । पार्टीले उनको सट्टामा अन्य नेतालाई केन्द्रीय प्रतिनिधि बनाएर पठाउने भएको छ ।

सम्बन्धित समाचार

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ मंसिर २७, १६: २९

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ मंसिर २७, १६: २९

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ मंसिर २७, १६: २९

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...