बैतडीको दशरथचन्दका विद्यालय आइतबारदेखि खुल्ने – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

बैतडीको दशरथचन्दका विद्यालय आइतबारदेखि खुल्ने

नयाँ विकल्प

बैतडी-दशरथचन्द नगरपालिकाका विद्यालय आइतबारदेखि खुल्ने भएका छन् । यही मङ्सिर १२ गतेदेखि नगरपालिकाले गरेको लकडाउनका कारण विद्यालय बन्द रहेका थिए ।

विद्यालय सञ्चालन गर्नका लागि नगरकार्यपलिकाको बैठकले निर्णय गरेको सो नगरपालिकाका उपप्रमुख मीना चन्दले जानकारी दिए । उनले भने , “लामो समयदेखि विद्यालय बन्द रहँदा पठनपाठन कार्य प्रभावित भएकाले सञ्चालनको तयारी भएको हो ।”

बैठकले विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा २०७७ को परिधिभित्र रहेर नगरभित्रका सम्पूर्ण विद्यालय मङ्सिर २८ गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको नगरपालिकाका शिक्षा संयोजक मोहन नाथले जानकारी दिए । उनले भने , “कोरोनाको सङ्क्रमणको जोखिम कायमै रहेकाले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय सञ्चालनको तयारी गरेका छौँ ।”

नियमितरुपमा विद्यालय सञ्चालन गर्ने र कुनै विद्यालयको सेवा क्षेत्रमा कोभिड– १९ को उच्च जोखिम देखिएमा वडा कार्यालयसँग समन्वय गरेर विद्यालय व्यवस्थापन समितिले बन्द गर्नसक्ने जनाइएको छ । नगरपालिकामा हालसम्म १३६ मा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । ती मध्ये ३८ मात्रै सक्रिय अवस्थामा छन् । रासस

सम्बन्धित समाचार

विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
  • २०७७ मंसिर २७, १६: ५१

काठमाडौं : सरकारले विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को यही असोज २ गतेको निर्णयअनुसार काठमाडौं महानगरपालिका–१४...

२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
२०औं एसियाडमा नेपाललाई पहिलो पदक, तेन्जिङले करातेमा जिते कास्य
  • २०७७ मंसिर २७, १६: ५१

काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जित्दै पदकको खाता खोलेको छ । कराते खेलाडी तेन्जिङ शेर्पाले पुरुष कुमिते...

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन
  • २०७७ मंसिर २७, १६: ५१

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले आज संयुक्त राज्य अमेरिकाको न्युयोर्कस्थित नेपाली महावाणिज्य दूतावासको अवलोकन गरेका छन् । संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी...