पाल्पामा व्यावसायिक फूलखेतीमा महिलाको सहभागिता – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

पाल्पामा व्यावसायिक फूलखेतीमा महिलाको सहभागिता

नयाँ विकल्प

तानसेन- पाल्पामा व्यावसायिक फूलखेतीतर्फ महिलाको सहभागिता बढेको छ । सयपत्री फूलको थुँगा र मालाको माग विवाह तथा शुभकार्यमा धेरै खपत हुने भएकाले महिला व्यावसायिक फूलखेतीमा लागेका छन् ।

कोरोना सङ्क्रमणले गर्दा आर्थिक समस्या बढ्दो रहेका बेला पाल्पा तानसेन नगरपालिकास्थित काजीपौवामा महिला सामूहिक फूलखेतीमा जुटेका छन् । पुष्प महिला समूहद्वारा गरिएको व्यावसायिक फूलखेती अहिले सबैलाई लोभ्याउने भएको छ । तानसेन नगरपालिका–४ सिल्खानटोलकी स्थानीय बासिन्दा तथा समूहका अध्यक्ष प्रतीक्षा सिजालीले आफूहरुले पहिलोपटक व्यावसायिक फूलखेती गर्न थालेको बताइन । उनले निरन्तरको मेहनतले फूलखेतीमा सन्तोषजनक उपलब्धि हासिल गरेकोे बताइन्।

उनका अनुसार रु २० हजारको लागतमा चार रोपनी जग्गा भाडा लिई काम थालिएको र झण्डै रु ५० हजार फूलका बेर्ना बेच्दा फूलका थुँगा तथा मालाबाहेकको आम्दानी भएको छ । उनले अझै पनि फूलका माला बिक्री गर्न नसकिएको बताइन् । आफूलाई यस व्यवसाय राम्रो लागेपछि आगामी वर्षहरुमा समेत विस्तृतरूपमा खेती गर्ने योजनाका साथ काम अघि बढेको उनको भनाइ थियो ।

विवाह तथा सरकारी, गैरसकारी कार्यालयका सभा, सम्मेलनमा मालाको माग बढ्दो छ । स्थानीय तहमा समेत फूलको मालाको माग बढेको छ तर मागअनुसार मालाको अभाव रहिरहेको उनले बताइन । तानसेन–७ काजीपौवाकी फूल व्यवसायी चमेलीदेवी श्रेष्ठले विवाह, तथा दशैँतिहारबाहेक पास्नी, जन्मदिनको अवसरमा समेत पूmलको माग बढ्दो रहेको बताइन् ।

सयपत्री फूल दैनिक पूजा आराधनामा खपत हुन्छ । पाल्पाको भैरवस्थानको भैरवमन्दिरमा फूलको माग बढेको छ । पाल्पा–बुटबल सडकखण्डको शिद्धबाबा क्षेत्रको शिद्धबाबा मन्दिरमा दैनिक पूजा हुँदा फूलको माग बढिरहेको छ । ग्रामीण आर्थिक विकास सङ्घ (रेडा) पाल्पा, तानसेन नगरपालिकाको आयोजना र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमको आर्थिक तथा प्राविधिक सहयोगमा फूलखेती थालिएको हो ।

कोरोना सङ्क्रमणले देशको अर्थतन्त्र कमजोर बनेको छ । नेपालीको आम्दानीको स्रोतसमेत कमजोर बनेको बेला पहिलोपटक व्यवसाय गर्नेहरुले केही मात्रामा आम्दानी र उत्पादन गर्ने सीप सिकेकामा खुशी देखिएको हो । मेहनत गरेको अवस्थामा कृषि पेशाबाट मनग्य आम्दानी हुने व्यवसायीको भनाइ छ ।

चमेलीदेवीले फूलखेतीका लागि बीउको अभाव रहेको गुनासो गर्नुभयो । फूल उत्पादनका लागि बीउ नेपाली बजारमा नपाइने र पाए पनि महङ्गो मूल्यमा खरिद गर्नुपर्ने समस्या झेल्नुपरेको उहाँको गुनासो छ । तानसेन नगरपालिकाभित्रका १० महिला फूलखेतीमा आबद्ध छन् । पाल्पामा पाँच वर्षअघिसम्म फूलको मालाका लागि रुपन्देही जिल्लामै भर पर्नुपर्ने बाध्यता थियो । जिल्लाको बगनासकाली, माथागढी, रिब्दीकोट, तिनाउ गाउँपालिका, तानसेन र रामपुर नगरपालिका क्षेत्रभित्र व्यावसायिकरूपमा फूलखेती बढ्दो रहेको कृषि ज्ञान केन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्यालले बताए ।

फूलखेतीबाट रु ५० हजारदेखि १२ लाखसम्म आम्दानी भएको छ । कम मेहनत र लगानी गरेपछि फूलखेतीबाट प्रशस्त आम्दानी हुँदै आएको छ । सयपत्री फूलको थुँगा, माला, तथा बेर्ना गरी आम्दानी गर्ने सम्भावना रहेको विज्ञको भनाइ छ । पाल्पामा आगामी वर्ष फूलखेतीका लागि क्षेत्र विस्तार हुने प्रमुख अर्यालले बताए । ज्ञान केन्द्र पाल्पाले यस खेतीको प्रवद्र्धनका लागि प्रचारप्रसार र प्राविधिक सहयोग गर्दै आएको प्रमुख अर्यालले बताए ।

व्यावसायिकरूपमा फूलखेती गर्ने उन्नत जातका फूलप्रति आकर्षित भएका छन् । स्थानीयस्तरमा फूलखेती गर्नेहरु कमी छैनन् । उनीहरुले परम्परागतरूपमा दशैँतिहारका लागि मात्र फूल उत्पादन गर्दै आएको पाइन्छ । हजारी, मखमली फूलको समेत उत्पादन हुँ दै आएको पाइन्छ । जिल्लाको तिनाउ गाउँपालिकाको मस्याम, सत्यवती, कचल, कोलडाँडा क्षेत्रबाट दशैँतिहार लक्षित गरी फूलखेती हुँदै आएको स्थानीयवासी छविलाल गहतराजले बताए ।

कोरोनाका कारण रोजगारी गुमाएका युवा अहिले व्यावसायिकरूपमा कृषि तथा पशुपालन र खेती आकर्षित भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ मंसिर ३०, १२: ४८

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ मंसिर ३०, १२: ४८

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ मंसिर ३०, १२: ४८

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...