संवैधािनक परिषद् बैठकमा सभामुख नगएपछि रिसाएका प्रधानमन्त्रीले राष्ट्रपतिबाट जारी गराए अध्यादेश – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

संवैधािनक परिषद् बैठकमा सभामुख नगएपछि रिसाएका प्रधानमन्त्रीले राष्ट्रपतिबाट जारी गराए अध्यादेश

नयाँ बिकल्प,
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी जारी गरेकी छन् ।

प्रधानमन्त्री तथा संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बोलाएको परिषद् बैठकमा समेत सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित भएपछि उनलाई ठेगान लगाउने भन्दै परिषद् सम्वन्धी अध्यादेशको लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको थियो ।

मन्त्रिपरिषदको मंगलबार सिफारिसमा राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश २०७७ जारी गरेकी छन् ।

संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई आफू अनुकुल निर्णय गराउन बाटो खोल्न अध्यादेश जारी भएको बताइएको छ । प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषदमा प्रमुख विपक्षी दलका नेता, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

संवैधानिक परिषद्को आइतबार बोलाइएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा अनुपस्थित भएपछि स्थगित भएको थियो । आइतबारको बैठकमा समेत सभामुख गएका थिएनन् । मंगलबार बिहान ९ बजे बोलाइएको परिषद् बैठकमा सभामुख नभएपछि स्थगित भएको थियो ।

परिषदको बैठक सम्वन्धी कार्यविधिको दफा ३ मा अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्य उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक संख्या पुगेको मनिने छ’ भन्ने उल्लेख छ ।
परिषद्को सदस्य हुने उपसभामुख पद रिक्त गत एक वर्षदेखि रिक्त छ ।

मंगलबाकार प्रधानमन्त्रीको बैठकमा अध्यक्ष ओलीबाहेक प्रधानन्यायाधिश चोलेन्द्र शम्शेर जबरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिना र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा मात्र उपस्थित थिए ।

कार्यविधिको दफा ३ बमोजिम चार एक सदस्य उपसभामुख नभएको अवस्थामा एक सभामुख समेत उपस्थित नभएपछि संवैधानिक परिषद्को बैठक स्थगित भएको थियो ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ मंसिर ३०, १५: ०४

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ मंसिर ३०, १५: ०४

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...

देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
  • २०७७ मंसिर ३०, १५: ०४

काठमाडौँ । आज देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। धेरै स्थानमा हल्कादेखि...