

नयाँ बिकल्प,
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो बोलाएको आकस्मिक मन्त्रिपरिषद् बैठकबाट राष्ट्रपति समक्ष संवैधानिक परिषद् सम्वन्धी अध्यादेश जारीका लागि गरेको सिफारिस तत्काल फिर्ता लिन नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चेतावनी दिएका छन् ।
‘संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुले हिउँदे अधिवेशन तत्काल बोलाउन माग गरिरहेको बेला एक्कासी अध्यादेश जारी गरेर वातावरण विगार्ने काम भएको छ । यस्तो अध्यादेश तुरुन्त फिर्ताको लागि म माग गर्दछु’, अध्यक्ष दाहालको भनाई उधृत गर्दै उनका स्वकिय सचिव विष्णु सापकोटाले भने ।
प्रधानमन्त्री समेत रहेका संवैधानिक परिषद्का अध्यक्ष केपी शर्मा ओलीले मंगलबार बिहान बोलाएको परिषदको बैठकमा प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित भएपछि परिषद् बैठक गणपुरक संख्या नपुगेका कारण आजैस साँझ ५ बजेसम्मको लागि स्थगित गरिएको थियो ।
सत्तारुढ दल नेकपाकै सिफारिस र समर्थनमा सभामुख भएका सापकोटा सत्तारुढ नेकपा भित्र पूर्वमाओवादी अर्थात अध्यक्ष दाहाल निकटका मानिन्छन् । दाहालसँग प्रधानमन्त्री ओलीको सम्वन्ध चिसिएपछि त्यसको असर र छिटा संवैधानिक परिषदमा समेत देखिएको हो ।
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन आज साँझ अमेरिका प्रस्थान गर्दैछन् । उनी उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व...
काठमाडौं : जापानमा जारी २०औं एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष कबड्डीको समूह चरणको खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको छ । प्रतियोगितामा नेपालको यो...
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्ने भएको छ। शिक्षकहरू राजनीतिक गतिविधिमा संलग्न भएको विषय...