
नयाँ विकल्प,
जनकपुरधाम – नेपाली कांग्रेसका नेता तथा पूर्वमहामन्त्री प्रकाशमान सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको भावना र मर्म विपरित काम र गतिविधि गरिहेको आरोप लगाएका छन् ।
कांग्रेसले सरकारका बिरुद्ध सोमबार देशव्यापी रुपमा आयोजना गरेको विरोध प्रदर्शनको क्रममा २ नम्वर प्रदेश राजधानी जनकपुर पुगेका नेता सिंहले प्रधानमन्त्री ओलीले प्रदेश भनेको अरु कोही होइन, संघिय सरकारको एउटा प्रशासनिक निकाय मात्र हो भन्ने खालको गैरजिम्मेवारीपूर्ण व्यवहार गरेको बताएका हुन् ।
लोकतन्त्रप्रति वर्तमान सरकारलाई चासो नभएको दाबी गर्दै उनले वर्तमान सरकारले कम्युनिष्टको मात्रै राज्य हो भन्ने रबैया देखाइरहेको सिंहको भनाई थियो ।
‘मधेशका जनताको चाहानाअनुसार कानून बनाउन संसदमा राखेको प्रस्तावलाई विथोल्ने काम कम्युनिष्ट दलहरुले गरेको र त्यो प्रस्ताव पास हुन नसकेका हो’ सिंहले भने, ‘संविधान जारी भए लगत्तै मधेसको असन्तुष्टिलाई समेटेर कांग्रेसले संशोधनको प्रस्ताव पेश गरेको थियो । तर, अहिलेको सरकारमा रहेका पार्टीले त्यसको विरोध गरेका थिए ।’
नेता सिंहले नेकपाको सरकारले जिम्मेवारीपूर्ण तवरले जनता र देशको लागि काम नगरी संघियता, लोकतन्त्र, गणतन्त्रको विरुद्धमा गतिविधि गरेको र राज्यको ढुकुटीलाई सही ढङ्गले जनता र किसानको पक्षमा, दुःख कष्ट भोगिरहेका नेपालीको पक्षमा परिचालन नगरी केवल कम्युनिष्टका नेता, कार्यकर्ता र समर्थकलाई मात्रै सहयोग गरिरहेको बताए ।
१० वर्षे सशस्त्र द्वन्द्व चलिरहेको बेला आफ्नै परिवारसँग गाउँ ठाउँमा शान्तिपूर्ण तरिकाले बस्न पाएहुन्थ्यो भन्ने जनताको चाहना बमोजिम कांग्रेसका तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाले शान्तिप्रकृयालाई अघि बढाएको सिंहले स्मरण गरे ।
उनले संविधानसभामा सबैभन्दा बढी सिट ल्याएर क्रान्तिकारी भनौदा नेतादेखि अरु चार वटा सरकार कम्युनिष्टको नेतृत्वमा संचालन भए पनिसंविधान जारी गर्न सकेको र दोस्रो संविधानसभामा कांग्रेसका तत्कालिन सभापति शुशिल कोइरालाको नेतृत्वमा बनेको सरकारले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधान जारी गरेको बताए ।
काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...
काठमाडौँ । आज देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। धेरै स्थानमा हल्कादेखि...
काठमाडौँ।सरकारले संसद् रोकेर एकैपटक ६ वटा अध्यादेश सिफारिस गरेपछि अप्ठेरोमा परेका राष्ट्रपति रामचन्द्र पौडेलले संविधान र कानुविद्हरूसँग परामर्श गर्ने भएका...