युवालाई उद्यमशील बनाउन युवा परिषद्काे पहल – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

युवालाई उद्यमशील बनाउन युवा परिषद्काे पहल

नयाँ विकल्प

काभ्रे- नमोबुद्ध नगर युवा परिषद्ले युवालाई उद्यमशील बनाउन, समाजमा सुशासन र पारदर्शीता कायम गर्न नमोबुद्ध नगरपालिकाका युवालाई परामर्श कार्यक्रम थालिएको छ ।

दिगो विकासका अवधारणालाई युवामार्फत स्थानीयकरण गर्ने उद्देश्यले युवा परामर्शका कार्यक्रम थालनी गरेको परिषद्ले जनाएको छ । नगरप्रमुख टङ्कप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता तथा नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष अशोक खनालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अभियानको शुरुआत् ११ नंम्बर वडाबाट भएको बताए ।

नगरप्रमुख तिमल्सिनाले नगरपालिकाभित्र युवाको रोजगारीलाई सहुलियतपूर्ण कर्जा प्रर्वाह सहज बनाउने र युवाको क्षमता विकास गर्दै नगरलाई युवामैत्री नगर बनाउने प्रतिबद्धता व्यक्त गरे । उनले युवालाई पारदर्शी र सुुशासनको पहरेदार बन्न आग्रह गर्दै युवाको संलग्नतामा मात्रै समृद्ध नगरको सपना सम्भव हुने बताए ।

नगर युवा परिषद्का कार्यकारी उपाध्यक्ष खनालले परिषद्मार्फत युवालाई परामर्श तथा सशक्तिकरणका साथै उद्यमशीलतामा लाग्न सीपमूलक, आयमूलक तालीम सञ्चालन गर्ने, सहुलियतपूर्ण कर्जा प्रवाह र वित्तीय साक्षरतालाई बस्तीबस्तीका युवा माझ पु¥याउने अभियानको शुरु भएको बताए ।

नगरपालिका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले युवालाई सत्मार्गमा लाग्न प्रेरित गर्दै विकासमा पछाडी परेका गाउँ र बस्तीबाट युवाका गतिविधिको शुरु हुनु आफैमा नयाँ काम भएको बताए । सो क्रममा उनले युवाहरुलाई स्थानीय स्रोत र साधनको सम्भाव्यता समेत मध्यनजर गर्दै उद्यमशीलतामा लाग्ने युवाका लागि नगरले विशेष प्राथमिकतासाथ कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

कार्यक्रममा सहभागी युवाले सहुलियतपूर्ण कर्जा प्रवाहलाई सहज बनाउन तथा युवाको आवश्यकताको आधारमा विभिन्न सीपमूलक तथा आयमूलक तालीमका साथै अनुदानका लागि नगरपालिका तथा नगर युवा परिषद्लाई आग्रह गरेका छन् । यसअघि मङ्सिर २४ गते जिल्लाको नमोबुद्ध नगपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाले युवा लक्षित सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने विषयमा प्रतिबद्धता जनाएको थियो ।

नमोबुद्ध नगर युवा परिषदको आयोजनामा नगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखसँग गरेको अन्तक्र्रिया कार्यक्रममा बैंक तथा वित्तीय संस्थाका शाखा प्रमुखले कार्यविधि अनुसार सहुलियतपूर्ण कर्जा प्रवाहलाई थप सहज बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
कांग्रेस नागर्जुन सभापतिमा राजेन्द्र बुढाथोकी विजयी
  • २०७७ पुष १, १३: १०

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत काठमाडौंको नागार्जुन नगर सभापतिमा राजेन्द्र बुढाथोकी विजयी भएका छन्। नागार्जुन नगरको तेस्रो नगर अधिवेशनअन्तर्गत...

नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
नेपाली कांग्रेसको १५औं महाधिवेशन : ५१२ पालिकामा अधिवेशन सम्पन्न
  • २०७७ पुष १, १३: १०

काठमाडौं : नेपाली कांग्रेस को १५औँ केन्द्रीय महाधिवेशन अन्तर्गत देशभर पालिका तहका अधिवेशन सुरु भएका छन्। पार्टी केन्द्रीय कार्यसमितिको निर्णयअनुसार...

शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
शुक्रबारदेखि भारी वर्षाको सम्भावना, सतर्क रहन प्रधानमन्त्री शाहको आग्रह
  • २०७७ पुष १, १३: १०

काठमाडौं : प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबारदेखि आइतबारसम्म देशका विभिन्न भागमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै बाढी, पहिरो, डुबान...