अध्यादेश फिर्ता गरी संसदको हिउँदे अधिवेशन बोलाउन जनता समाजवादीको माग – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

अध्यादेश फिर्ता गरी संसदको हिउँदे अधिवेशन बोलाउन जनता समाजवादीको माग

नयाँ विकल्प


काठमाडौं – विपक्षी जनता समाजवादी नेपाल पार्टीले सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन, २०६६ लाई संशोधन गर्ने अध्यादेश जारी गरेकोमा आपत्ति प्रकट गरेको छ ।

जनता समाजवादीका अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादबद्वारा संयुक्त रुपमा बुधबार जारी विज्ञप्तिमा संवैधानिक परिषद सम्वन्धी अध्यादेश तुरुन्त फिर्ता गरी संघीय संसदको हिउँदे अधिवेशन तत्काल बोलाउन सरकारसाग माग गरेका छन् ।

‘संसदको हिउँदे अधिवेशन नबोलाइ संवैधानिक परिषद सम्बन्धी ऐन संशोधन गर्न राष्ट्रपतिबाट अध्यादेश जारी गराउँदा सार्बभौमसत्ता सम्पन्न नेपली जनताको सर्वोच्च निकाय संघीय संसदलाई नै उपेक्षा गरिएको छ’, ठाकुर र यादवले भनेका छन् ।

जनता समाजवादीले सरकारको यो कदमलाई विधिको शासन विपरित षडयन्त्रपूर्वक ढंगले सर्वसत्ताबादी तथा आफ्नो स्वेच्छाचारी शासन चलाउन र संबैधानिक निकायहरुलाई नियन्त्रणमा लिन संविधानको भावना र मर्ममाथि नै प्रहार गरेको ठहर गरेको छ ।

सरकारको यस्तो कदमले संसदको सर्वोच्चता रहने संसदीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौति दिनुका साथै संविधान र लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारी मुलुकलाई राजनीतिक द्वन्द्वको भूमरीतर्फ धकेल्ने कार्य गरेको जसपाको ठहर छ ।

उसले सरकारको यस्तो गैर–लोकतान्त्रिक एवम् स्वेच्छारारी कार्यको घोर भत्सर्ना एवम् विरोध गरेको छ ।

सम्बन्धित समाचार

एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल सेमिफाइनलमा, कम्तीमा कास्य पदक पक्का
  • २०७७ पुष १, १६: ४७

काठमाडौं : नेपालले श्रीलंकामाथि प्रभावशाली जित दर्ता गर्दै जापानको नागोयामा जारी २०औं एसियाली खेलकुदअन्तर्गत महिला कबड्डीको सेमिफाइनलमा स्थान सुरक्षित गरेको...

ताप्लेजुङको दोभानमा भीषण आगलागी
ताप्लेजुङको दोभानमा भीषण आगलागी
  • २०७७ पुष १, १६: ४७

ताप्लेजुङ : ताप्लेजुङको मेरिङदेन गाउँपालिका -३ दोभानमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब १० घर जलेको छ सशस्त्र प्रहरी...

प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान
  • २०७७ पुष १, १६: ४७

काठमाडौं : आजदेखि आगामी पाँच दिनसम्म मुलुकको प्रमुख नदीमा जलसतह बढ्ने पूर्वानुमान गरिएको छ । जल तथा ऊर्जा आयोगको सचिवालयअन्तर्गतको...