किन झुट बोल्दैछन् पूर्वराजा ज्ञानेन्द्र ? – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

किन झुट बोल्दैछन् पूर्वराजा ज्ञानेन्द्र ?

किरण गिरी ,

काठमाडाै- ‘मलाई राजनीतिक दलहरुले राजा बनाएको होइन र जनताले हटाइएको पनि होइन’ पूर्वराजा ज्ञानेन्द्र शाह आजकाल निर्मल निवासमा राणा, ठकुरी र दरबारिया मानिसहरुलाई बोलाएर यस्तो भन्दै हौस्याउन र भड्काउन लागिरहेका छ्न भन्ने चर्चा संचार माध्यममा आउन थालेका छन् ।

राजधानी बाट प्रकाशित जनआस्था साप्ताहिकका अनुसार मंसिर २६ गते शुक्रबार नेपालगंजका मेयर धवल शम्शेर राणसँग पुर्बराजाले ‘मलाई राजनीतिक दलहरूले राजा बनाएको होइन र जनताले हटाएको पनि होइन’ भन्दै सरासर झुट र कपोल्कल्पित कुरा गरेका छन ।

२०५८ जेठ १९ गते भएको दरबार हत्या काण्डपछि तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र तत्कालीन एमाले महासचिव माधवकुमार नेपाल समेतको उपस्थितिमा राजसभा स्थायी समिति बैठकले जनमानसमा अनेकौं प्रश्नहरु उठिरहेको अबस्था भए पनि ज्ञानेन्द्र लाई बीरेन्द्रको उत्तराधिकारीको रुपमा राजा बनाउने निर्णय गरेको हो ।

यो ऐतिहासिक तथ्य र वास्तबिकताविरुद्ध अहिले पूर्बराजा ज्ञानेन्द्र किन झुट बोल्दै छ्न ? दरबार हत्याकाण्डसंगै नेपाली जनताको मन मस्तिष्कबाट राजतन्त्रको अन्त्य भईसकेको थियो तापनी राजनीतिक दलहरूले सदासयतापूर्बक ज्ञानेन्द्रलाई राजा बनाएका थिए ।

वास्तवमा भन्ने हो भने गणतन्त्रको प्रस्थान बिन्दु थियो जेठ १९ , २०५८ को दरबार हत्याकाण्ड । त्यही हत्याकाण्डको कारण नेपाली जनताको मनोबिज्ञान राजतन्त्रको अन्त्य र गणतन्त्रको माहौलमा प्रवेश गरिसकेको थियोे । २०६२ माघ १९ गते पूर्बराजा ज्ञानेन्द्रबाट गरिएको शाही ‘कू’ पनि नेपालमा गणतन्त्र आगमनको लागि सहज र अनुकुल बाताबरण श्रृजना गर्न उल्लेख्य भूमिका खेकेको थियो ।

जसले नेपाली जनता र राजनीतिक दलहरुलाई गणतन्त्रको संस्थागत बिकासका लागि सक्रिय रहन र गोलबध्द हुन प्रेरणा दिएको थियो । यो कटु सत्यलाई कुल्चेर पूर्बराजा ज्ञानेन्द्रको बर्बराहटलाई चेतनशील नागरिक समाज र आमसंचार माध्यमले आश्चर्य साथ लिएको पाइन्छ । यस्तो कुराबाट उनको ब्यपारिक र सामाजिक बिश्वासनियता समेत गुमेको देखिन्छ ।

उनको दोस्रो झुट हो ‘नेपाली जनताले हटाएको पनि होइन’ भन्ने कुरा । यो पनि सरासर झुट र काल्पनिक कुरा हो । जब उनलाई नेपाली कांग्रेस र तत्कालीन नेकपा एमाले लगायतका राजनीतिक दलहरूले राजा बनाए तर उनले भने राजनीति दलहरूको भुमिका र अस्तित्व समाप्त पार्न देशको श्रोत साधन दुरुपयोग गर्न थाले ।

नेताहरूलाई जेल हाल्ने, संचार माध्यम बन्द गर्ने र नागरिक स्वतन्त्रताको हत्या गर्न उत्तेजित भएर अगाडि बढ्न थाले । यो रबैया र क्रियाकलाप पछि नेपाली जनताले नै उनलाई हटाएका हुन । ‘आफ्नो मन र मस्तिष्कबाट हटिसकेको भए पनि प्राबिधिक रुपमा नै सही’ नेपाली जनताले उनलाई दलहरुको निर्णय बमोजिम राजा स्वीकार गरेकै थिए ।

दल र नेताहरूको सदासयता कुल्चिएर ज्ञानेन्द्र संबैधानिक र प्रजातान्त्रिक मुल्य र मान्यतालाई कुल्चदै नेपाली राजनीतिमा मत्ता हात्ती झै अगाडि बढ्न थाले । उनको यस्तो व्यबहार र रबैया देखेपछि नेपाली जनता तथा सम्पूर्ण राजनीतिक दल राजतन्त्रको अन्त्य र पूर्ण लोकतन्त्रको स्थापना गर्ने मुद्दामा गोलबध्द भएका हुन् ।

यहि पृष्ठभुमिको जगमा २०६२–०६३ को जनआन्दोलन परिणाम स्वरुप नेपालमा लोकतन्त्रको स्थापना भयो । नेपाली जनताको ६० बर्षदेखिको चाहना बमोजिम नेपालमा संबिधान सभाको चुनाव भयो । त्यही संबिधान सभाले अन्तरिम संबिधान बमोजिम अन्तरिम ब्यबस्थापिका संसदले गरेको निर्णय अनुसार २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको हो ।

यसरी ९७ प्रतिशत भन्दा बढी नेपाली जनताले हटाएका हुन पूर्बराजा ज्ञानेन्द्रलाई । गौतम बुध्दले राजपाठ छोडे झै उनले नारायणहिटि छोडेका होइनन । नेपाली कांग्रेस , नेकपा एमाले , नेकपा माओवादी , मधेसबादी राजनीतिक दलहरुको सदासयताको कारण व्यापारिक स्वतन्त्रताका साथ पूर्बराजा ज्ञानेन्द्रले आफ्नो ब्यबसाय गरेर बस्ने सहुलियत पाइरहेका छ्न । यो कटु सत्यलाइ कसैले भुल्न र बिर्सन सक्दैन ।

जहाँसम्म अहिले सडकमा देखिएको पूर्बराजाबादीको जुलुस र नारा नेकपा ओली सरकारको रबैया र कार्यशैलीका कारण देखा परेको हो । नेपाली जनतामा छाएको निराशालाई प्रयोग गर्न तम्सिएका पूर्बराजा र पुर्बाराजाबादीहरुले के बुझ्नु जरुरी छ भने नेपाली जनता संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सतिसाल झै उभिएका छन

जस्तै गलत रबैया र कार्यशैली भएपनी नेपाली जनताको छोराछोरी मध्ये कोही रास्ट्रपतिलाई सार्बभौमसत्ता सम्पन्न नेपाली जनताले ५–५ बर्षमा फेर्न सक्छ्न । अब जन्मको आधारमा कसैलाई बिष्णुको अबतार मान्न र शासन गर्ने अधिकार दिन अब नेपाली जनता किमार्थ तयार हुने छैनन ।

सार्बभौमसत्ता सम्पन्न नेपाली जनता अब कसैको दास र रैती बन्न तयार हुने छैनन भन्ने कुरा स्वयं पूर्बराजा ज्ञानेन्द्रलाई जानकारी नभएको होइन । तर, आफुकहाँ आउने मान्छेहरुलाई आइराख्ने बनाउन र अल्मल्याउन पनि उनले मानिसहरुलाइ हौस्याउन एबम् भड्काउन पनि झुटको साहरा लिएको हुन सक्छ ।

एउटा राजनीतिक दलको विकल्प अर्को राजनीतिक दल हो । गणतन्त्रको विकल्प समुन्नत गणतन्त्र हो भन्ने संबैधानिक र राजनीतिक यथार्थलाई आम नेपाली जनताले आत्मसाथ गरिसकेको भू–धरातलीय यथार्थबाट नेपाली जनता पछाडि फर्कने छैनन र फर्कदैनन । नेपाली कांग्रेसले मंसिर २९ गते देशब्यापी रुपमा गरेको आन्दोलनमा दशौं लाख जनता सडकमा उत्रिएर संबिधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र सम्बद्र्धनको लागि प्रतिबद्ध रहने उद्घोष गरेका छ्न ।

त्यो घटना र प्रस्तुतिलाई समेत पूर्वराजा ज्ञानेन्द्र र उनका अनुयायी हुँ भन्नेहरुले राम्ररी अध्यय र विश्लेषण मात्र गर्ने हो भने पनि जनमत कता गएको छ भन्ने स्पस्ट देखिन्छ ।

(लेखक नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन)

सम्बन्धित समाचार

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ पुष ३, १३: २७

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ पुष ३, १३: २७

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ पुष ३, १३: २७

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...