क्युबाका राष्ट्रपतिद्वारा बाइडेनसँग वार्ता प्रस्ताव – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

क्युबाका राष्ट्रपतिद्वारा बाइडेनसँग वार्ता प्रस्ताव

नयाँ विकल्प

एजेन्सी- क्युबाका राष्ट्रपति मिगेल डायज–कनेलले अमेरिकी राष्ट्रपति–निर्वाचित जो बाइडेनसँग कुनै पनि विषयमा वार्ता गर्न इच्छुक रहेको बताएका छन् ।

क्युबाली संसदको समापनका अवसरमा सम्बोधन गर्दै राष्ट्रपति कनेलले क्युबाको क्रान्ति, समाजवाद र सार्वभौमिकता बाहेकका कुनै पनि विषयमा खुलेर छलफल गर्न आफ्नो देश तयार रहेको बताए । गत अक्टोबरमा चुनावी प्रचारका क्रममा बाइडेनले अमेरिकालाई नयाँ क्युबा नीति चाहिएको बताएका थिए ।

तर उनले क्युबा नीति कहिले जारी गर्ने र त्यसको कार्यान्वयन कसरी हुन्छ भन्नेमा अझै केही बताएका छैनन् । बाइडेनले यसअघि नै राष्ट्रपति डोनाल्ड ट्रम्पले जारी गरेकाे विप्रेषण प्रवाह र क्युबाको भ्रमण सम्बन्धी नीतिहरु खारेज गर्ने बताइसकेका छन् ।

गत नोभेम्बर ९ मा अमेरिकी राष्ट्रपतिमा जो बाइडेन विजयी भएसँगै क्युबाका राष्ट्रपति कनेलले ट्वीट गर्दै चुनाव मार्फत अमेरिकी जनताले परिवर्तन चाहेको बताउनु भएको थियो । उहाँले आआफ्ना मुलुकका मतभिन्नतालाई सम्मान गर्दै रचनात्मक द्वीपक्षीय सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरेका थिए ।

सम्बन्धित समाचार

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७७ पुष ३, १४: ३५

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७७ पुष ३, १४: ३५

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०७७ पुष ३, १४: ३५

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...