फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाइ कोरोना पोजेटिभ, कैयौँ उच्च अधिकारी आइसोलेसनमा – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

फ्रान्सेली राष्ट्रपति म्याक्रोँलाइ कोरोना पोजेटिभ, कैयौँ उच्च अधिकारी आइसोलेसनमा

नयाँ विकल्प

एजेन्सी- फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ । बिहीबार उनलाई कोरोना पोजेटिभ देखिएको प्राप्त समाचारमा जनाइएको छ ।

अब उनी आइसोलेसनमा बस्न लाग्नुभएको उनको कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । उनलाई बिहीबार पिसिआर पोजेटिभ देखिएको र अब आगामी सात दिनका लागि उनी आइसोलेसनमा बस्नुहुने फ्रान्सेली राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

उनीले आफू आइसोलेसनमा रहेता पनि त्यहाँबाटै गर्न मिल्ने, अनलाइनबाट गर्न मिल्ने कामहरु भने गर्ने पनि बिहीबार राष्ट्रतिको कार्यालयद्धारा जारी गरिएको सो विज्ञप्तिमा जानकारी गराइएको छ । उनीआगामी मंगलबार र बुधबार लेबनान जाँदै थिए ।

अब उहाँ कोरोना पोजेटिभ देखिएपछि उनीको सो भ्रमण पनि अहिलेका लागि स्थगित भएको बताइएको छ । यसैबीच फ्रान्सका प्रथम महिला ब्रिगिटे म्याक्रोँको परीक्षणमा भने उनीको कोरोना भाइरस नेगेटिभ देखिएको बताइएको छ । राष्ट्रपति म्याक्रोँलाई प्रारम्भिक रुपमा केही लक्षणहरु पनि देखिएको समाचारमा जनाइएको छ ।

तर प्रथम महिलालाई भने कोरोना भाइरसको परीक्षणमा नेगेटिभ देखिएको र कुनै लक्षण पनि नदेखिएको बताइएको छ । यसैबीच राष्ट्रपति म्योक्रोँलाई कोरोना भाइरस पोजेटिभ देखिएसँगै उनको सम्पर्कमा रहेका फ्रान्सका कैयौँ उच्च सरकारी अधिकारीहरु पनि आइसोलेसनमा बस्नुपर्ने भएको बताइएको छ ।

फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेक्स पनि राष्ट्रपति म्याक्रोँको सम्पर्कमा रहेका ले उनलाई पनि आइसोलेसनमा बस्नुपर्ने भनिएको छ । तर पनि उनीमा कुनै लक्षणहरु भने नदेखिएको पनि समाचारमा उल्लेख गरिएको छ ।

यसका साथै केही मन्त्रीहरु र अरु केही उच्च सरकारी अधिकारीहरु पनि राष्ट्रपति म्याक्रोँको निरन्तर सम्पर्कमा रहेकोले उनीहरुलाई पनि आगामी केही दिन आइसोलेसनमा बस्नुपर्ने बताइएको छ । फ्रान्सको सरकारले बनाएको स्वास्थ्य सुरक्षा मापदण्डअनुसार उहाँहरु आगामी केही दिनका लागि आइसोलेसनमा बस्नुपर्ने भएको हो

सम्बन्धित समाचार

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ पुष ३, १५: ०३

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
विश्व बजारमा कच्चा तेलको मूल्य उच्चविन्दुमा
  • २०७७ पुष ३, १५: ०३

काठमाडौँ। मध्यपूर्वमा बढ्दो तनावका बीच कच्चा तेलको मूल्य तीव्र रूपमा बढ्दै प्रति ब्यारेल १२६ डलर नाघेको छ, जुन पछिल्ला चार...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ पुष ३, १५: ०३

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...