
नयाँ विकल्प,
काठमाडौं – गृह मन्त्रालयले १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । ललितपुरको प्रमुख जिल्ला अधिकारी (प्रजिअ)मा गृह सहसचिव ढुण्डीप्रसाद निरौलालाई सरुवा गरिएको छ ।
त्यस्तै, धनकुटाका प्रजिअ केशवप्रसाद विमलीलाई महोत्तरीमा, गृहका सहसचिव वासुदेव दाहाललाई धनकुटाको प्रजिअमा, रामेछापकी प्रजिअ रुद्रादेवी शर्मालाई गुल्मीको प्रजिअमा पाँचथरका प्रजिअ अर्जुनकुमार शर्मालाई जिप्रका रामेछापमा सरुवा गरिएको छ ।
यस्तै, खोटाङका प्रजिअ शालिग्राम शर्मा पौडेललाई गृह मन्त्रालयमा, महोत्तरीका प्रजिअ कृष्णबहादुर कटुवाललाई कारागार कार्यालय झुम्कामा, भोजपुरका प्रजिअ बसन्तराज पुरीलाई इलाका प्रशासन कार्यालय कटारीमा, अध्यागमन विभागका महानिर्देशक कृष्णप्रसाद भण्डारीलाई जिप्रका भोजपुरमा, गुल्मीका प्रजिअ भरतकुमार शर्मालाई गृह मन्त्रालयमा सरुवा गरिएको छ ।
यस्तै, डोल्पा, सिरहा, खोटाङ, मुगु, पाँचथर, तेह्रथुमका प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरिएको छ ।

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...
काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...