सत्ता संकटमा परेपछि ओलीले प्रचण्ड र बादललाई खुमलटार र पुल्चोकमा भेटे – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

सत्ता संकटमा परेपछि ओलीले प्रचण्ड र बादललाई खुमलटार र पुल्चोकमा भेटे


नयाँ विकल्प,

काठमाडौं – पार्टीको आन्तरिक विबादका कारण पद नै धरापमा परेपछि प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न उनकै निवास खुमलटार र गृहमन्त्री रामबहादुर थापा बादललाई भेट्न पुल्चोक पुगेका छन् ।

पार्टीभित्र देखिएको विवादका विषयमा छलफल गर्न ओली प्रचण्ड निवास पुगेका थिए । प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटाका अनुसार प्रधानमन्त्री ओली अर्का अध्यक्ष प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् ।

पार्टी सचिवालय बैठकमा अध्यक्ष दाहालले कात्तिक २८ गते पेश गरेको राजनीतिक प्रस्तावलाई आरोप पत्रको संज्ञा दिँदै अर्का अध्यक्ष तथा प्रधानमन्त्री ओलीले सो प्रस्तावका विषयमा छलफल हुने बैठकमा भाग नलिने अडान लिँदै आएपछि दुवै अध्यक्षबीचको बिबाद लम्बिएको हो ।

दाहालको राजनीतिक प्रस्तावमा. उठाइएका प्रश्न र जिज्ञासाको ओलीले छुट्टै प्रस्ताव पेश गरिसकेका छन् । दुवै नेताबीचको तित्तता बढ्दै जाँदा संवैधानिक परिषदको बैठकमार्फत संवैधानिक निकायका ४५ पदमा एकलौटी नियुक्ति गर्न ओलीले योजना बनाएपछि सभामुख अग्नीप्रसाद सापकोटाले त्यसलाई रोकेका थिए ।

नेकपाबाटै सभामुख भएका सापकोटाले अर्का अध्यक्ष दाहालसँगको सहमति र सल्लाह बिना नै परिषद् बैठक बोलाइएको भन्दै परिषद बैठक बहिस्कार गरेका थिए र सापकोटाको अनुपस्थितिका कारण परिषद्को बैठक गणपुरक संख्या नपुगी स्थगित हुँदै आएको छ । आफूले चाहे अनुसारको बैठकबाट निर्णय गर्न परिषद सम्वन्धी बैठक बाधक भएपछि ओलीले अध्यादेश ल्याएका थिए ।

प्रधानमन्त्रीको अध्यादेशको प्रतिउत्तरमा सत्तारुढ दलकै नेताले संघीय संसदको विशेष अधिवेशन माग गरेपछि प्रधानमन्त्री ओली आफ्नो एकलौटी निर्णय गर्ने योजनाबाट पछि हट्दै अध्यादेश फिर्ता लिने सहमति जनाएका थिए । तर, अध्यादेश फिर्ता नलिइ परिषदको शुक्रबार समेत बैठक बोलाएपछि ओली गलेका हुन् ।

प्रचण्डलाई गलाउने प्रधानमन्त्रीको रणनीति असफल भएपछि उनी प्रचण्डलाई फकाउन उनकै निवास खुमलटार पुगेका थिए । प्रधानमन्त्री ओली र प्रचण्डबीच एक्लाएक्लै कुराकानी केही समय भएपछि केही क्षणपछि उपाध्यक्ष बामदेव गौतम पनि सहभागी भएका थिए ।

उहाँहरुबीच अहिले एक्लाएक्लै छलफल भइरहेको संयोजक सापकोटाले बताए । दुई अध्यक्षबीच पार्टीभित्र देखिएको विवाद समाधान गर्न छलफल भइरहेको छ । भोलि आइतबार स्थायी कमिटी बैठक डाकिएको छ ।

दाहालसँग भेटेपछि प्रधानमन्त्री ओली गृहमन्त्री समेत रहेका नेकपा सचिवालय सदस्य रामबहादुर थापा बादललाई भेट्न उनको सरकारी निवास पुल्चोक पुगेका थिए । ओलीसँगै भौतिकपूर्वाधार मन्त्री बसन्तकुमार नेम्वाङ र स्वास्थ्य तथा जनसख्या मन्त्री भानभक्त ढकाल पनि थिए ।

९ सदस्यीय सचिवालयमा ओली अल्पमतमा छन् । उनलाई उपप्रधानमन्त्री समेत रहेका इश्वर पोखरेल र अर्थमन्त्री समेत रहेका महासचिव विष्णु पौडेलले साथ दिएका छन् । गृहमन्त्री थापाले कतै पनि समर्थन गरेका छैनन भने गौतम कहिले .प्रचण्ड त कहिले ओलीसँग रहँदै आएका छन् ।

एता प्रचण्डलाई भने झलनाथ खनाल, माधवकुमार नेपाल र नारायणकाजी श्रेष्ठले पहिलेदेखि नै साथ दिँदै आएका छन् ।

सम्बन्धित समाचार

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ पुष ४, १४: ४३

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ पुष ४, १४: ४३

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ पुष ४, १४: ४३

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...