मुख्यमन्त्री राउतद्वारा विवाहपञ्चमी महोत्सवका अवसरमा शुभकामना – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

मुख्यमन्त्री राउतद्वारा विवाहपञ्चमी महोत्सवका अवसरमा शुभकामना

नयाँ विकल्प

धनुषा– प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले विवाहपञ्चमी महोत्सवका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बीप्रति शुभकामना व्यक्त गरेका छन् ।

आएका श्रद्धालु भक्तजनप्रति शुभकामना व्यक्त गरिएको उल्लेख छ । मुख्यमन्त्री राउतले कोरोना महामारीको जोखिम अझै कायम रहेकाले स्वास्थ्य सतर्कता अपनाई पर्व मनाउन आग्रहसमेत गरेेका छन् । राजर्षि जनक, जानकी र याज्ञवल्क्यको पुण्यभूमि प्राचीन मिथिलाको राजधानी जनकपुरधाममा वर्षेनी मार्ग महिनाको शुक्लपक्ष पञ्चमी तिथिमा राम जानकी विवाहपञ्चमी मेला लाग्छ ।

सीतोपाख्यान उत्तराद्र्धमा सीता स्वयम्बरका बारेमा उल्लेख भएअनुसार आश्विन पूर्णिमाका दिन अयोध्या नरेश महाराज दशरथ नन्दन राजकुमार श्रीरामचन्द्रले प्राचीन शिव धनुषलाई भाँचेको र त्यसपछि मार्ग शुक्लपञ्चमी तिथिमा श्रीराम जानकीको शुभविवाह भएको प्रसङ्ग उल्लेख गरिएको छ । उक्त विवाह भएको खुशीयालीमा सम्झनास्वरूप जनकपुरधाममा प्रत्येक वर्ष विवाहपञ्चमी पर्व मनाउने परम्परा छ

सम्बन्धित समाचार

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ पुष ४, १७: ३१

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ पुष ४, १७: ३१

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...

देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
देशभर आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना
  • २०७७ पुष ४, १७: ३१

काठमाडौँ । आज देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। धेरै स्थानमा हल्कादेखि...