
नयाँ बिकल्प,
काठमाडौैं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधि सभा विघटनको लागि सिफारिस गर्ने कार्य गणतन्त्रमाथिको ‘कू’ भएको बताएका छन् ।
ओलीले संसद विघटन गर्न राष्ट्रपति समक्ष सिफारिस गरे लगत्तै छलफलका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका प्रचण्डलाई ओलीले भेट्न भने नमानेको र आफूहरु फर्किएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।
प्रचण्डको भनाई उधृत गर्दै सापकोटाले भने ‘प्रधानमन्त्री ओलीको यो कदम गणतन्त्रमाथिको ‘कू’ हो ।’
मन्त्रिपरिषदको आइतबार बिहानै बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्ने सिफारिस गरे लगत्तै प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषदको सो निर्णय लिएर राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए ।
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...
काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...
काठमाडौँ । आज देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। धेरै स्थानमा हल्कादेखि...