
नयाँ विकल्प,
काठमाडौं – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलको बैठकले प्रधानमन्त्री तथा दलका नेता केपी शर्मा ओलीलाई पदबाट निस्कासन गरेको छ ।
दलको सोमबार बसेको बैठकले दलका नेता तथा प्रधानमन्त्री ओलीलाई बर्खास्त गरेसँगै पार्टीका कार्यकारी अध्यक्ष समेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई दलको नेता बनाउने प्रस्ताव गरेको छ ।
दलको निर्णयसहित निवेदन संसद् सचिवालयमा दर्ता भएको नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङले बताए । नेकपाका कार्यकारी अध्यक्ष दाहाल तथा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले बानेश्वरमा गरेको नेकपाका सांसदहरुको भेलापछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै गुरुङले यस्तो जानकारी दिएका हुन् ।
सोमबार मात्रै प्रधानमन्त्री ओलीले संसद् विघटन गर्ने प्रस्ताव गरिसकेपछि दल नेता परिवर्तन गर्नुपर्छ भनेर संसद् सचिवालयमा दल नेताको रुपमा पुष्पकमल दाहाललाई प्रस्तावित गरिएको हो ।
संघीय संसद सचिवालयले भने संसदीय दलको नेता परिवर्तन गर्ने बारे कुनै निवेदन नआएको बताएको छ । संसदीय दलको तर्फबाट ८३ जना नेकपाका सांसदहरुले प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वासको प्रस्ताव संसद सचिवालयमा सोमबार दर्ता गराएका थिए ।
संसद सचिवालयमा बिहान दर्ता गरिएको भनिएको प्रस्तावमा समय तीन ३० उल्लेख गरिएको छ र प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा भंग गरी ताजा जनादेशको लागि निर्वाचनको मिति समेत तोकेर सिफारिस गरेपछि राष्ट्रपतिले दिउँसो दुइ बजे नै संसद भंगको घोषणा गरेकी थिइन् ।
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...
काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...
काठमाडौँ । आज देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। धेरै स्थानमा हल्कादेखि...