
नयाँ विकल्प
काठमाडाैं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गृहमन्त्री रामबहादुर थापा ‘बादल’ लाई भेट्न मन्त्री क्वार्टर पुल्चोक पुगेका छन्।
हिजो भएको दुई अध्यक्षको छुट्टाछुट्टै भेलामा बादल सहभागी नभएपछि आज अध्यक्ष दाहाल उनलाई भेट्न बिहान मन्त्री क्वार्टर पुगेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि दाहाल नेपाल समूहका सात मन्त्रीले सामूहिक राजीनामा दिए पनि बादलले राजीनामा दिएका छैनन्।
यसअघि बादलले आफूनिकट २४ सांसदलाई बोलाएर हिजो परामर्शसमेत गरेका थिए। अधिकांश सांसदले प्रधानमन्त्रीको कदम असंवैधानिक भनिरहेको बेला आफूनिकट सांसद पनि आफूसँग नभएपछि के गर्ने भन्ने अलमलमा बादल छन्। आज दुवै अध्यक्षले बेग्लाबेग्दै केन्द्रीय कमिटी बैठक बोलाएका छन्। बादल अहिलेसम्म के गर्ने निर्णयमा पुगेका छैनन्। आजको भेटमा प्रचण्डले हिजो भएका छलफलका निर्णयसमेत सुनाएका थिए।
भेटमा बादलले छिट्टै निर्णय लिने प्रचण्डले सुनाएका थिए। यसअघि हिजो ढेड दर्जन केन्द्रीय सदस्यले पनि बादललाई राजीनामा दिएर आउन दबाब दिएका थिए। स्रोतका अनुसार बादल आज पनि बिहानैदेखि आफूनिकट नेताहरुसँग छलफलमा छन्। ‘हामी आज पनि छलफलमै छौं । हिजो केही साथीहरूसँग छलफल भयो। देशभरिका साथीहरूसँग छलफलपछि सामूहिक निर्णयमा जान्छौं।
अहिले नै हामी कुन बैठकमा जाने भन्ने निष्कर्षमा पुगिसकेका छैनौं,’ बादलले प्रचण्डसँग भनेका थिए। बादलले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि छलफल गरेको स्रोतले जानकारी दिएको छ। सोमबार बिहान आफूनिकट नेताहरूसँग छलफल गरेपछि उनले साँझसम्म आफूले धारणा सार्वजनिक गर्ने बताएका थिए। दिउँसो प्रधानमन्त्रीसँग छलफल गरेपछि उनले सोमबार साँझ कुनै निर्णय गरेनन्।
काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...
काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...
काठमाडौँ । आज देशका अधिकांश सहरमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमानले जनाएको छ। धेरै स्थानमा हल्कादेखि...