सडक कालोपत्रले स्थानीय हर्षित – Naya Bikalpa
September 23, 2026, Wednesday      Epaper

सडक कालोपत्रले स्थानीय हर्षित

नयाँ विकल्प

लहान- लहान नगरपालिकाले पालिकाभित्रका सडक कालोपत्र र ढलान गर्न थालेपछि स्थानीयवासी हर्षित भएका छन् । वर्षाै सडक जीर्ण हुँदा हिलो र धुलोका कारण समस्या भोग्दै आएका स्थानीयवासी सडक पक्की भएसँगै हर्षित भएका हुन् ।

नगरपालिका वडा नं १३ र १४ लाई जोड्ने सडकलाई केही दिनअघि नगरपालिकाले कालोपत्रे गरिदिएपछि स्थानीयवासीलाई लहान बजारसम्म पुग्न सहज मात्रै होइन, अब हिलो र धुलोबाट मुक्त भएको अनुभूतिसमेत भइरहेको छ । “गाउँबाट लहान बजार पुग्न पहिला साइकलमा एक घण्टा जति समय लाग्थ्यो”, लहान–१३ बस्तीपुरका रामअयोधी यादवले भने , “सडक कालोपत्र भएपछि लहान बजारसम्म पुग्न अहिले मुस्किलले १५ मिनेट लाग्छ ।”

अब धुलो र हिलोबाट समेत मुक्ति पाएको आभाष भइरहेको उहाँको कथन छ । लहान–१३ बाट लहान बजारसम्मको करिब आठ किलोमिटरको कच्ची सडकलाई चालु आर्थिक वर्षमै कालोपत्र गरिएको नगरपालिकाको योजना शाखाले जनाएको छ । नगरपालिकाले ग्रामीण भेग र शहरको दूरीलाई कम गर्दै आवतजावतमा सहजता ल्याउने उद्देश्यले सडक कालोपत्र गरेपछि गाउँमा किसानले उत्पादन गरेको सामान बजारसम्म पुर्याउन सहज भएको स्थानीय कपिलदेव यादवले बताए।

“पहिला–पहिला सडक जीर्ण हुँदा सवारी साधन त्यति चल्दैनथ्यो, जसका कारण गाउँमा उत्पादन भएको काउली, भाण्टा, मुलालगायतका तरकारी बाली सहजरूपमा बजारसम्म पुर्याउन समस्या हुन्थ्यो”, स्थानीय गोदावरी कृषक समूहका अध्यक्षसमेत रहनुभएका यादवले भने , “तर अहिले सो सडकमा थुप्रै सङ्ख्यामा अटोरिक्साहरू चल्न थालेको छ, जसले गर्दा सहजरूपमै ती बाली बजार पुर्याउन सकिरहेका छौँ ।”

यसबाट किसानसमेत उत्साहित भएको उहाँको भनाइ छ । नेपालकै सबैभन्दा बढी वडा भएको सो नगरपालिकाले २४वटै वडाका सडकलाई धुलो र हिलोमुक्त बनाउने लक्ष्य लिएको नगरप्रमुख मुनी साहले बताए । उनले कालोपत्र सडक निर्माणलाई शहरी र ग्रामीण क्षेत्रमा सन्तुलितरूपमा अघि बढाएको भन्दै यसमा सबैको साथ पाइरहेको उल्लेख गरे ।

नगरप्रमुख साहका अनुसार नगरपालिका क्षेत्रभित्रका करिब १४ किलोमिटर सडक कालोपत्र भइसकेको छ र बाँकी सडकमा समेत कार्य जारी छ । अग्निपीडितलाई राहत वितरण सिरहाको अर्नमा गाउँपालिका–२ ब्रह्मपुरीका अग्निपीडित परिवारलाई हर्ष नेपाल संस्थाले राहत वितरण गरेको छ ।

गत शुक्रबार राति भएको आगलागीमा परी स्थानीय घनश्याम महतो र रामप्रकाश महतोको घर जलेर नष्ट हुँदा खाद्यान्न, लत्ताकपडालगायत करिब रु दुई लाख मूल्य बराबरको क्षति भएको थियो । पीडित परिवारको घरमै पुगेर हर्ष नेपालका पदाधिकारीले एक क्विन्टल चामल, घर बनाउन रु ५० हजार नगद र कम्बल वितरण गरेको जनाइएको छ ।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
कांग्रेसको १५औं महाधिवेशन : नागार्जुनको तेस्रो नगर अधिवेशन सुरु
  • २०७७ पुष ७, १२: ०२

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माणका लागि आज देशभर पालिका तहको अधिवेशन हुँदैछ। यसैक्रममा काठमाडौंको...

नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
नेपालका लागि चीनले हस्तान्तरण गर्‍यो एआईमा आधारित मौसम पूर्व–सूचना प्रणाली ‘माजु’
  • २०७७ पुष ७, १२: ०२

काठमाडौं । चीनले नेपालको मौसमसम्बन्धी पूर्व–सूचना तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले कृत्रिम बुद्धिमत्ता (एआई)मा आधारित मौसम पूर्व–सूचना प्रणाली...

परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
परराष्ट्रमन्त्री खनाल र अमेरिकी उपविदेशमन्त्री हुकरबीच भेटवार्ता
  • २०७७ पुष ७, १२: ०२

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेशमन्त्री एलिसन हुकरबीच द्विपक्षीय भेटवार्ता भएको छ । भेटका क्रममा नेपाल–अमेरिका...