संसद विघटनविरूद्धका १२ रिट प्रधानन्यायाधीश राणाले हेर्ने – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

संसद विघटनविरूद्धका १२ रिट प्रधानन्यायाधीश राणाले हेर्ने


नयाँ विकल्प
काठमाडाैं- प्रतिनिधि सभाको असंवैधानिक विघटनविरूद्ध परेका १२ रिटको पहिलो सुनुवाइ प्रधानन्यायाधीश चोलेन्द्रशमसेर राणाले गर्दैछन्।

सोमबार दायर भएका सबै रिटको पेशी प्रधानन्यायाधीश राणाले आफ्नै इजलासमा तोकेका हुन्। संसद विघटन असंवैधानिक भएको भन्दै सोमबार ११ र मंगलबार दुइटा रिट सर्वोच्च अदालतमा परेका थिए। यी सबै रिट एकैसाथ प्रधानन्यायाधीश राणा आफैंले हेर्न लागेका हुन्।

संसद विघटनविरूद्ध संवैधानिक इजलासमा पनि एउटा रिट परेको छ। संवैधानिक विवादहरू नियमित र संवैधानिक इजलास दुबैमा दर्ता गर्न पाइने व्यवस्था छ।संवैधानिक इजलासमा परेको रिटको पेशी भने शुक्रबारलाई तोकिएको छ। एउटै विवाद भएका मुद्दा एकै साथ हेर्ने नियम भएकाले सम्भवत: प्रधानन्यायाधीशले ११ वटा रिट पनि संवैधानिक इजलासमा पठाउन सक्छन्।

सम्बन्धित समाचार

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०७७ पुष ८, १३: ४१

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०७७ पुष ८, १३: ४१

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...

एमालेको स्थायी कमिटीमा ईश्वर पोखरेलसहित ७ नेता मनोनीत
एमालेको स्थायी कमिटीमा ईश्वर पोखरेलसहित ७ नेता मनोनीत
  • २०७७ पुष ८, १३: ४१

काठमाडौं : नेकपा एमालेले ७ नेतालाई स्थायी कमिटी सदस्यहरू मनोनीत गरेको छ । आज बसेको सचिवालय बैठकले पूर्ववरिष्ठ उपाध्यक्ष ईश्वर...