कांग्रेस बैठकमा केन्द्रीय सदस्य भण्डारी र घिमिरेबीच पाखुरा सुर्का सुर्की – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

कांग्रेस बैठकमा केन्द्रीय सदस्य भण्डारी र घिमिरेबीच पाखुरा सुर्का सुर्की


काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मां ओलीले प्रतिनिधिसभा भंग गरी आगामी बैशाख १७ र २७ गते घोषणा गरेको मध्यावधि निर्वाचनको विरुद्धमा विरोधको कार्यक्रम कहिले गर्ने भन्ने विषयलाई लिएर नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा बुधबार घम्साघम्सी भएको छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध कसरी विरोधका कार्यक्रमहरु तय गर्ने भन्ने विषयलाई लिएर मंगलबारदेखि जारी केन्द्रीय समितिको बुधबारको बैठकमा मन्तब्य राखेका चारमध्ये तीन केन्द्रीय सदस्यले संसद विघटनविरुद्ध सडक आन्दोलनमा उत्रिनुपर्ने बताएका थिए ।

केन्द्रीय सदस्यहरुको सुझाब पाएपछि सभापति शेरबहादुर देउवाले प्रदर्शनका लागि पुस १६ गतेको मिति प्रस्ताव गरे । सभापति देउवाले राष्ट्रिय एकता तथा मेलमिलापको दिन पारेर आगामी पुस १६गते विरोध प्रदर्शनको मिति प्रस्ताव गरे ।

तर नेता नेता रामचन्द्र पौडेलले पुस १६ को विशेषता फरक भएकाले त्यस दिन छुट्टै तरिकाले कार्यक्रमको आयोजना गर्नुपर्ने सुझाव दिए । पैडेलले पुस १६ राष्ट्रिय मलेमिलाप दिवस भएकाले त्यसलाई भिन्न तरिकाले मनाउनुपर्छ भन्दै अन्य मिति तय गर्नु पर्ने धारणा राखे ।

यसरी सभापाति देउवाको प्रस्तावलाई पौडेलले अश्वीकार गरेपछि तनहुँ नै गृह जिल्ला भएका केन्द्रीय सदस्य शंकर भण्डारीलाई चित्त नबुझेपछि प्रतिवाद गरे । उनले सभापतिले भनेपछि त्यही दिन गरे भइहाल्यो, किन बिबाद गर्ने ? होइन भने आन्दोलनको कुरा किन गर्नुपर्यो ? भनेर ठूलो आवाजमा अभिव्यक्ति दिएका थिए ।

भण्डारीले चर्को स्वरमा नेता पौडेलको भनाई प्रतिवाद गरिरहँदा अर्का केन्द्रीय सदस्य गुरुराज घिमिरेलाई चित्त बुझेन र पौडेलको तर्कमा सहमति जनाउँदै बोल्न थाले ।

घिमिरेले सडक कांग्रेसको भएकाले त्यसका लागि अहिले नै सडकमा जानुपर्छ, होइन भने सडक पनि अरुले लैजान्छ भन्दै सडक संघर्षको कार्यक्रम ल्याउनु पर्ने धारणा राखेपछि नेता भण्डारी पनि जंगिएका थिए ।

वरिष्ठ नेता बोलिरहँदा मर्यादाको पनि ख्याल नगरेको भन्दै घिमिरेले भण्डारीले थर्काउन खोजेपछि भण्डारी थप आक्रोशित भएका थिए । दुवै नेताबीच झण्डै दश मिनेट उठेरै चर्का चर्की भएपछि अन्य नेताले दुवैलाई समाएर आ आफ्नो कुर्सीमा लैजानु परेको थियो ।

दुवै नेतालाई देउवाले शान्त हुन गरेको आग्रहलाई दुवैले स्वीकार गरेनन् । भण्डारी तरुण दलको केन्द्रीय महासचिव भइसकेका नेता हुन भने घिमिरे प्रतिगमनविरुद्धको आन्दोलनमा नेविसंघको अध्यक्षको हैसियतले नेतृत्व गरेका नेता हुन् । घिमिरेले भण्डारीको विगत र हैसियत थाहा भएको भन्दै मर्यादामा बस्न चेतावनी दिएपछि भण्डारी पाखुरा सुर्केर गएका थिए ।

सभापति देउवाले भने नेता पौडेलको सुझावलाई समेत मध्यनगर गर्दै पुस १६ गते मेलमिलाप दिवस मनाउने र सडक संघर्षको मिति भोली विहीबार बस्ने बैठकले तय गर्ने निर्णय सुनाए । बुधबारको बैठकमा भएको दुई नेताको बिबादले गगन थापाले दिएका सुझाव समेत ओझेलमा परेका थिए ।

पहिले पुस १६ मा देशव्यापी प्रदर्शन गर्ने निर्णय भएको बताएका प्रवक्ता विश्वप्रकाश शर्माले पुस १६ मा मलेमिलाप दिवस मनाउने तर, सडकमा गरिने प्रदर्शनको मिति भने बिहीबार बस्ने बैठकले तय गर्ने भन्दै ट्विट गरेका छन् । बैठक बस्दै गर्दा र बस्नु अघि नै निर्णय र विज्ञप्तीको ड्राफ्ट गर्ने हतारो प्रचलनका कारण प्रवक्ता शर्माले विज्ञप्ती सच्याउनु परेको थियो ।

सम्बन्धित समाचार

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ पुष ८, २२: ३०

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ पुष ८, २२: ३०

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ पुष ८, २२: ३०

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...