पूर्वमन्त्री शेरबहादुर तामाङ दम्पतीले ओलीकाे साथ छाडे – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

पूर्वमन्त्री शेरबहादुर तामाङ दम्पतीले ओलीकाे साथ छाडे


नयाँ विकल्प,


काठमाडाैं- पूर्वमन्त्री तथा नेकपा नेता शेरबहादुर तामाङ र उनकी पत्नी उषाकला राइले प्रधानमन्त्री केपी शर्मा ओलीकाे साथ छाडेका छन् । प्रदेश १ सांसद समेत रहेकी उषाकला राईद्वारा ओली पक्षको केन्द्रीय सदस्य पद अस्वीकार गरेकी छन् ।

काठमाडाैं- प्रदेश १ सांसद तथा नेकपा नेतृ उषाकला राईले नेकपा ओली पक्षले दिएको केन्द्रीय सदस्य पद अस्वीकार गरेकि छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सम्मानपूर्वक दिनुभएको केन्द्रीय सदस्य पदको जिम्मेवारी सम्हाल्न नसक्ने बताएकी हुन ।

पूर्वमन्त्री प्रधानन्त्री केपी शर्मा ओलीले संसद विघटन पछिकाे भेलामा सहभागी भएका थिए । पूर्वमन्त्री तामाङ पछि उनी माधव कुमार नेपाल र प्रचण्डकाे समुहमा सहभागी भएका छन् ।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै राइले जनता भन्दा ठूलो पद र पैसा नभएको भन्दै आफूले पद अस्वीकार गरेको बताएकि छन् । उनले लेखेकि छन् ‘यो कम्युनिष्ट आन्दोलनमा म लागेको पनि चार दशक भएको छ । तर, पद र पैसा केही होइन । जनताको पैसा खाइन्न बरु भोकै मर्न तयार हुनुपर्छ भन्ने हाम्रो मान्यता छ ।’

भ्रष्टचारको अन्त्य गरी समृद्धिका मुद्दाहरुलाई अगाडि बढाइरहेको बेला ति सबै कुरा अलपत्र पार्ने काममा आफू नलाग्ने बताएकी छन्

सम्बन्धित समाचार

अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
अस्पतालमा जथाभाबी भिडियो नखिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
  • २०७७ पुष ९, ११: २१

काठमाडौँ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल तथा स्वास्थ्य संस्थाभित्र हातपात, तोडफोड, तालाबन्दी र अन्य कानूनविपरीत गतिविधि नगर्न अनुरोध गरेको...

सुनचाँदीको मूल्यमा केही गिरावट
सुनचाँदीको मूल्यमा केही गिरावट
  • २०७७ पुष ९, ११: २१

काठमाडौंः स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा केही गिरावट भएको छ । सुन प्रतितोला रु एक हजार ८०० र चाँदी रु...

सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको हो : सल्लाहकार शाह
  • २०७७ पुष ९, ११: २१

काठमाडौंः प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहले कानुनी जटिलताका कारण जनसरोकारका काम नरोकिउन् र जनतालाई प्रदान गर्ने सेवाको प्रवाह...