राष्ट्रपति ट्रम्पद्वारा कैयौं व्यक्ति विरुद्धको छानबिनबाट उन्मुक्ति – Naya Bikalpa
September 24, 2026, Thursday      Epaper

राष्ट्रपति ट्रम्पद्वारा कैयौं व्यक्ति विरुद्धको छानबिनबाट उन्मुक्ति

नयाँ विकल्प

एजेन्सी-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को राष्ट्रपतीय चुनावमा धाँधली गर्ने सम्भावित उद्देश्यले रसियाका गुप्तचर निकायका व्यक्तिसँग गोप्य भेटघाट गरेको आरोप लागेका व्यक्तिहरु माथिको सङ्घीय छानबिन अन्त्य गरेको घोषणा गरेका छन् ।

राष्ट्रपति ट्रम्पले अनुसन्धानबाट उन्मुक्ति दिएका व्यक्तिहरुमा राष्ट्रपति ट्रम्पका ज्वाइँ जारेड कुश्नरका बुबा र ट्रम्पका अति निकट दुई व्यक्ति छन् । अमेरिकी सङ्घीय छानबिनका क्रममा उनीहरुको संलग्नता देखिएको थियो । राष्ट्रपति ट्रम्पको कार्यकाल अन्त्य हुनै लाग्दा एकपछि अर्को उन्मुक्ति गरिएको भन्दै ट्रम्पको चर्को आलोचना भइरहेको छ ।

उन्मुक्ति दिइएका व्यक्तिहरुमा जारेड कुश्नरका बुबा चाल्र्स कुश्नर, ट्रम्पका पूर्व चुनावी व्यवस्थापक पल मानाफोर्ट र लामो समयदेखिका ट्रम्पका सल्लाहकार रोजर स्टोन रहेका छन् । उनीहरु तीन व्यक्ति समेत हालसम्म २६ जनालाई ट्रम्पले उन्मुक्ति दिइसकेका छन् ।

ट्रम्पले भ्रष्ट रिपब्लीकन कंग्रेस सदस्यको सजाय माफ गर्नुका साथै सन् २००७ मा बग्दाद घटनामा १४ निर्दोश इराकीको हत्यामा संलग्न सुरक्षा गार्डमाथिको सजाय पनि माफी दिएकाे जनाइएकाे छ । चार वर्षअघि अमेरिकी राष्ट्रपतिको चुनावमा ट्रम्पलाई जिताउन रसियालीहरुसँग मिलेमतो गरेको आरोप लागेका मानाफोर्टलाई सबै आरोपबाट मुक्त गरेको विरोधमा ट्रम्प विरुद्ध चौतर्फी आलोचना भएको छ ।

सम्बन्धित समाचार

प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
प्रतिनिधिसभामा नियमापत्ति दुरुपयोग नगर्न सभामुख अर्यालको चेतावनी
  • २०७७ पुष ९, १४: ००

काठमाडौं : प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सदनमा हुने नियमापत्तिलाई औचित्यपूर्ण र नियमसम्मत बनाउन सांसदहरूलाई निर्देशन दिएका छन् । बिहीबारको बैठकमा...

कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
कांग्रेसको १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक
  • २०७७ पुष ९, १४: ००

काठमाडौं : नेपाली कांग्रेसले १५औं महाधिवेशनको लोगो र नारा सार्वजनिक गरेको छ । कांग्रेसले बिहीबार महाधिवेशनको लोगो र नारा सार्वजनिक...

विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
विद्यादेवी भण्डारी बनिन् एमालेको वरिष्ठ नेता
  • २०७७ पुष ९, १४: ००

काठमाडौं : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई नेकपा एमालेले वरिष्ठ नेता बनाउने निर्णय गरेको छ । पार्टीको जारी केनद्रीय समिति बैठकले भण्डारीलाई...