
एजेन्सी- नाइजेरियामा यहाँको सेनाले गरेको कारबाहीमा परी आतंककारी बोको हरामका कैयौँ लडाकू मारिएका बताइएको छ ।
सो कारबाहीमा परी बोको हरामका कैयौँ लडाकूहरु मारिएका समाचारमा जनाइएको छ । नाइजेरियाको उत्तरी बोर्नाे राज्यमा भएको यहाँको सेनाको कारबाहीमा परी सो ती बोको हराम मारिएका हुन् । बुधबार ताम्बुनगिनी भन्ने स्थानमा यहाँका बोको हरामहरु लुकेर बस्ने गरेका छन् । उनीहरुले सो क्षेत्रमा सञ्चालन गरिरहेको हिंसात्मक क्रियाकलापको सूचनाका आधारमा सेनाले हवाई कारबाही गरेको थियो ।
सो कारबाहीमा परी कैयौं बोको हराम मारिएको यहाँको सेनाले जनाएको छ तर के कति संख्यामा मारिएका हुन् भन्ने बारेमा भने केही बताइएको छैन । बोको हरामहरुले यहाँको उत्तरी बोर्नाे राज्यमा सन् २००९ देखि नै हिंसा गर्दै आएका छन् । सो क्षेत्रमा उनीहरुले इस्लामिक स्टेटहरुलाई स्थापित गर्न खोजेका छन् । तर सरकारको पटक पटकको कारबाहीका कारण यो सम्भव हुन भने सकेको छैन ।
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...
काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...