पाकिस्तानमा बन्दुकधारीद्वारा ११ मजदुरको हत्या – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

पाकिस्तानमा बन्दुकधारीद्वारा ११ मजदुरको हत्या

,
नयाँ विकल्प
एजेन्सी -पाकिस्तानको बलुचिस्तान प्रान्तमा भएको घटनामा परी कम्तीमा ११ मजदुरको मृत्यु भएको छ । कोइलाखानीमा भएको घटनामा परी त्यहीँ कार्यरत मजदुरहरूको मृत्यु भएको हो भने अरू तीनजना घाइते भएका छन् ।

घटनामा घाइते भएका मजदुरहरूलाई स्थानीय अस्पतालमा उपचार गराइएको छ । उनीहरूको अवस्थाबारे जानकारी गराइएको छैन । घटनाबारे अनुसन्धान भइरहेको र अहिलेसम्म कसैले संलग्नताको जिम्मेवारी नलिएको अधिकारीहरूले जनाएका छन् ।
बोलान जिल्लामा शनिबार गोलीकाण्ड भएको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् । मजदुरहरूलाई अपरिचित लडाकुहरूले गोली प्रहार गरेको पाकिस्थानी सञ्चारमाध्यमले जनाएका छन्

सम्बन्धित समाचार

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७७ पुष १९, १४: ५२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७७ पुष १९, १४: ५२

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...

कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
कोशी प्रदेशका दुई ठूला फार्ममा बर्डफ्लु पुष्टि, ठूलो संख्यामा कुखुरा नष्ट गरिँदै
  • २०७७ पुष १९, १४: ५२

काठमाडौँ : कोशी प्रदेशमा कुखुरामा बर्डफ्लु सङ्क्रमण पुष्टि भएपछि ठूलो मात्रामा पक्षी नष्ट गर्ने प्रक्रिया सुरु गरिएको छ । प्रदेशकै...