शेखर कोइरालाका दाजु निरञ्जनको कोभिड १९ बाट नयाँ दिल्लीमा निधन – Naya Bikalpa
June 26, 2026, Friday      Epaper

शेखर कोइरालाका दाजु निरञ्जनको कोभिड १९ बाट नयाँ दिल्लीमा निधन


नयाँ विकल्प,

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाका सहोदर दाजु निरञ्जन कोइरालाको कोरोना संक्रमणबाट भारतको नयाँ दिल्लीमा निधन भएको छ।

भारतको नयाँदिल्लीस्थित म्याक्स अस्पतालमा एक महिनादेखि कोभिड १९ को उपचार गराई रहेका कोइरालाको आइतबार बिहान निधन भएको हो ।

नयाँदिल्लीस्थित सरदार पटेलमार्ग केभेन्टर लेनमा बस्दै आएका कोइराला भारतमा पर्यटन व्यवसाय गर्दै आएका थिए । कांग्रेस नेतृ नोन कोइराला र केशव कोइरालाका जेठा छोरा हुन् ।

‘मेरा आदरणीय दाजु निरु दा’ आज बिहान नयाँदिल्लीमा भएको निधनले म, मेरो परिवार र भतिजाहरू मर्माहत भएका छौँ’, डा. कोइरालाले फेसवुकमा आइतबार स्टाटस पोष्ट गदै लेखेका छन् ।

निरञ्जन अस्पताल भर्ना भएको समाचारपछि डा शेखर एक महिनाअघि उनलाई भेट्न नयाँदिल्ली पुगेका थिए । निरञ्जनका दुई छोरा हिमांसु र भाष्कर कोइरालले पीताको निधनबाट आफूहरु निकै मर्महात भएको भन्दै समवेदना प्रकट गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् ।

आइतबार नयाँ दिल्लीस्थित निगम्वावोद घाटमा निरञ्जनको पार्थिव शरिरको अन्त्येष्टि गरिने भन्दै कोभिड १९ का कारण आफन्तजनको भौतिक उपस्थिति हुन नसक्ने अवस्थालाई बुझिदिन भाष्स्कर र हिमांसुले आग्रह गरेका छन् ।

सम्बन्धित समाचार

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित
  • २०७७ पुष १९, १५: ५२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनअन्तर्गत उपसभापति पदमा डा. स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्। पदाधिकारी चयनका लागि...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७७ पुष १९, १५: ५२

काठमाडौं : नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी...

रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
रास्वपा केन्द्रीय सदस्यमा को–को निर्वाचित भए ?
  • २०७७ पुष १९, १५: ५२

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलाे महाधिवेशनबाट ९९ सदस्यीय नयाँ केन्द्रीय समिति चयन भएको छ । रास्वपाकाे निर्वाचन...