साउदी अरबले कतारमाथि लगाएकाे नाकाबन्दी हटायो – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

साउदी अरबले कतारमाथि लगाएकाे नाकाबन्दी हटायो


नयाँ विकल्प
काठमाडौं : साउदी अरबले कतारमाथि लगाएको नाकाबन्दी हटाएको छ । साउदी अरबले कतारमाथि ३ वर्षअघि नाकाबन्दी लगाएको थियो । मंगलबार साउदी अरबमा हुने गल्फ को–अपरेसन काउन्सिल (जीसीसी) सम्मेलनको पूर्वसन्ध्यानमा साउदीले कतारमाथिको प्रतिबन्ध हटाउने निर्णय गरेको बीबीसीले उल्लेख गरेको छ ।

जीसीसीको सम्मेलनमा खाडी देशका ६ देश सहभागी हुँदैछन् । सम्मेलनमा साउदी र कतारबीचको विवाद समाधान सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने अमेरिकी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले उल्लेख गरेको छ । कतारले आतंकवादलाई बढावा दिएको आरोप छिमेकी देशहरुले लगाएपछि साउदी अरबले हवाई र स्थल नाकाबन्दी गरेको थियो ।

कतारमाथि व्यापारिक, राजनीतिक र यात्रा प्रतिबन्ध पनि लगाइएको थियो । यो प्रतिबन्धमा बहराइन, इजिप्ट लगायतका देशहरुले पनि साथ दिएर कतारमाथि घेराबन्दी गरेका थिए । सो आरोपको कतारले भने खण्डन गर्दै आएको छ । बीबीसी

सम्बन्धित समाचार

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७७ पुष २१, १२: ५४

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...

रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
रास्वपाले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने
  • २०७७ पुष २१, १२: ५४

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...

कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
कांग्रेसले संविधान संशोधनका लागि सुझाव दिन गठित विज्ञ समितिलाई दियो पूर्णता
  • २०७७ पुष २१, १२: ५४

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...