
नयाँ विकल्प
काराकास, २२ पुस (रासस–एएफपी) – दक्षिण अमेरिकी मुलुक भेनेजुएलाको नयाँ संसदका सदस्यहरुले मंगलबार सपथ ग्रहण गरेका छन् ।
संसदमा वर्तमान राष्ट्रपति निकोलास मदुरोका समर्थकहरुको बहुमत रहेको छ । विपक्षी नेता हुँवा गुएइदो भने औपचारिक रुपमै संसदीय कारबाहीबाट अलग हु भएका । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले नयाँ संसदको निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाएका छन् ।
अमेरिकी विदेश मन्त्रालयले पछिल्लो पटक सार्वजनिक गरेको विज्ञप्तिमा अमेरिकाले भेनेजुएलाको आधिकारिक राष्ट्रपति गुएइदो रहेको जनाएको छ । मन्त्री पोम्पेओले भनेका छन् , “नयाँ संसद गैरकानुनी छ र यसलाई अमेरिकाले बैधानिक मान्दैन ।” संसदको नयाँ निर्वाचन परिणामलाई अमेरिका सहित ब्राजिल, कोलम्बिया र उरुग्वेले पनि मान्यता नदिने जनाएका छन् ।
दक्षिण अमेरिकाका एक दर्जन मुलुक र क्यानाडा समेत सहभागी रहेको लिमा समूहका सदस्यहरुले भेनेजुएलामा सम्पन्न संसदीय निर्वाचन र त्यसबाट प्राप्त परिणामलाई अस्वीकार गर्ने जनाएका छन् । नेसनल एसेम्ब्लीको कूल २७७ स्थानमध्ये २५६ स्थानमा राष्ट्रपति मदुरोको युनाइटेड सोसलिस्ट पार्टी र यसको गठबन्धन दलले जितेको छ ।
भेनेजुएलामा गत डिसेम्बर ६ मा संसदका लागि निर्वाचन भएको थियो जसलाई विपक्षी दलहरुले बहिस्कार गरेका थिए । नेसनल एसेम्ब्लीको कार्यकाल पाँच वर्षको हुन्छ । यसअघि यस सभामा विपक्षीको बहुमत रहेको थियो, र विपक्षी नेता गुएइदो सन् २०१९ देखि सभामुख थिए । गुएइदोले विपक्षी सांसदहरुलाई समेटेर समानान्तर छायाँ संसद बनाउने योजना बनाउनु भएको छ ।
उनलाई विश्वका झण्डै ५० वटा मुलुकले भेनेजुएलाका आधिकारिक राष्ट्रपतिको रुपमा मान्यता दिएका छन् । राष्ट्रपति मदुरोमाथि मतदानमा धाँधली गरेको आरोप लाग्दै आएको छ । संसदमा यसअघि विपक्षीको बहुमत रहेपनि संसदले गर्ने हरेक निर्णयलाई मदुरोको प्रभावमा रहेको सर्वोच्च अदालतले खारेज गरिदिएको थियो ।
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...