
नयाँ विकल्प
एजेन्सी -इन्डोनेशियाका अधिकारीहरूले शनिवार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमानको दुर्घटनाग्रस्त भएको ठानिएको क्षेत्र पत्ता लागेको बताएका छन्।
श्रीविजया एयरजेटको उक्त बोइङ ७३७ विमानमा चालकदलका सदस्यसहित कुल ६२ जना सवार थिए।उक्त विमान देशको पश्चिम कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको चार मिनेटमै रेडारको सम्पर्कबाट बेपत्ता भएको थियो। विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित १० वटाभन्दा बढी पानीजहाज परिचालन भएका छन्।

उद्धारकर्ता र स्थानीय माझीहरूले श्रीविजया एअरको भन्ठानिएको भग्नावशेषलाई सम्हालेर राखेका छन् । उद्धारकर्ता र स्थानीय माझीहरूले श्रीविजया एअरको भन्ठानिएको भग्नावशेष सम्हालेर राखेका छन् । विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन्। शनिवार राति खोजी र उद्धारका प्रयासलाई रोकिएको भए पनि आइतवार बिहानैबाट निरन्तरता दिइएको छ।
हराएको विमानको ठानिएका सामग्रीहरूको इन्डोनेशियाका अनुसन्धानकर्ताहरूले जाँचबुझ गरिरहेका छन्
विमानलाई के भएको थियो ?
श्रीविजया एअरको उक्त विमान जकार्ता विमानस्थलबाट शनिवार दिउँसो स्थानीय समयानुसार १४:३६ बजे उडेको थियो। यातायात मन्त्रालयका अनुसार त्यसको चार मिनेटपछि १४:४० मा अन्तिम सम्पर्क भएको थियो। जकार्ताबाट पश्चिमी बोर्नियो टापुस्थित पोन्टिआनक पुग्न सामान्यतया विमानमा ९० मिनेट लाग्छ।
विवास्दापद विमानको सूचना लुकाएको मुद्दामा बोइङ दुई अर्ब ५० करोड डलर तिर्न तयार ।राष्ट्रिय खोजी तथा उद्धार निकाय एअर मार्शल बागुस पुरुहितोका प्रमुखका अनुसार विमानले कुनै आपत् परेको सङ्केत पठाएको थिएन। उडानहरूको विवरण राख्ने वेबसाइट फ्लाइट राडर २४ डट कमका अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमान आकाशबाट ३,००० मिटरभन्दा तल ओर्लिएको थियो।प्रत्यक्षदर्शीहरूले उनीहरूले कम्तीमा एउटा विस्फोटन सुनेको र देखेको बताएका छन्।
सोलिहिन नाम गरेका माझीले बीबीसी इन्डोनेशिया सेवालाई आफूले दुर्घटना देखेको र आफ्नो जहाजका कप्तानले समुद्रबाट जमिनमा फर्किने निर्णय गरेको बताएका छन्। “विमान समुद्रमा चट्याङ परे जसरी खस्यो र पानीमा विस्फोट भयो,” उनले भने, “त्यो घटना हामी नजिकै भएको थियो।” विमान हराएको क्षेत्रनजिकै टापुमा बस्ने केही स्थानीय बासिन्दाले बीबीसीलाई आफूहरूले केही सामग्री फेला पारेको र त्यो विमानको भएको ठानेको बताएका छन्।
विमानमा को थिए ?
विमानमा सात बालबालिका र तीन शिशुसहित ५० जना यात्रु र चालक दलका १२ सदस्य रहेको ठानिएको छ। विमानको क्षमता भने १३० यात्रुको थियो। अधिकारीहरूका अनुसार विमानमा सवार सबै इन्डोनेशियाली नागरिक नै थिए। जकार्तास्थित अन्तर्राष्ट्रिय विमानस्थल र पोन्टिआनकस्थित विमानस्थलमा उनीहरूका आफन्तहरू व्यग्र भएर कुरिरहेका छन्। “विमानमा मेरो परिवारका चार सदस्य छन् – मेरी श्रीमती र तीन सन्तान,” यमन जाईले रुँदै संवाददातालाई भने।
“मेरी श्रीमतीले बच्चाको फोटो पठाएकी थिइन्… मेरो मुटु कसरी छियाछिया नहोस्?”
विमानबारे हामीलाई के थाहा छ ?
विवरणअनुसार उक्त बोइङ ७३७-५०० विमान २६ वर्ष अघि बनेको हो। श्रीविजया एअरका प्रमुख कार्यकारी जेफरसन इर्विन जाउवेनाले संवाददाताहरूलाई विमान राम्रो अवस्थामा रहेको बताएका छन्। ठूलो वर्षाका कारण विमान उड्न ३० मिनेट ढिलो भएको उनले बताए।
सन् २००३ मा स्थापना भएको श्रीविजया एअर इन्डोनेशियाले दक्षिणपूर्व एशियाका गन्तव्यहरूमा उडान गर्छ। उडेको केही छिनमै उक्त विमानन रेडारको स्क्रीनबाट हराएको थियो राजधानी जकार्ताबाट २० किलोमिटर उत्तरमा विमान हराएको थियो। त्यही ठाउँनजिकै सन् २०१८ को अक्टोबरमा पनि विमान दुर्घटनामा परेको थियो। उडेको १२ मिनेटमा इन्डोनेशियाली लायन एअर समुद्रमा डुब्दा जम्मा १८९ जनाको ज्यान गएको थियो। बीबीसीबाट
काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने निर्णय गरेको छ । आइतबार पार्टी केन्द्रीय...
काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी आवश्यक सुझाव दिन गठित विज्ञ समितिलाई पूर्णता दिएको छ । गत...