प्रचण्ड पुत्र प्रकाशको आकस्मिक हृदयघाटका कारण निधन – Naya Bikalpa
May 27, 2026, Wednesday      Epaper

प्रचण्ड पुत्र प्रकाशको आकस्मिक हृदयघाटका कारण निधन

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालका पुत्र प्रकाश दाहालको ह्रदयघातका कारण हिजो बिहान निधन भयो । बिहान ४ बजे उनलाई अचेत अवस्थामा उनका सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पु¥याएका थिए । अस्पताल पु¥याउनु अघि नै उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको थियो । शनिबार बेलुकी सामान्य बिरामी भएपछि जाउलो खाएर सुतेका दाहाललाई राति ह््रदयघात भएको पारिवारीक स्रोतले बताएको थियो ।
आगामी मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनका लागि चितवन क्षेत्र नं. ३ बाट उम्मेद्वार बनेका पिता प्रचण्डको चुनावी प्रचारमा निकै व्यस्त प्रकाशले अस्वस्थ महसुस गरेपछि झापा नगई काठमाडौं फर्किएका थिए भने प्रचण्ड झापा गएका थिए । तर झापामा जनसभालाई सम्बोधन गर्न नपाउँदै छोरा प्रकाशको निधनको खबर प्रचण्डले सुन्नुप¥यो । खबर पाउनासाथ उनी शनिबार हेलिकप्टरमा काठमाडौं आइपुगेका थिए ।

छोराको निधनको खबरले अर्धचेत अवस्थामा रहेकी आफ्नी पत्नी सीता दाहाललाई लाजिम्पाटस्थित आफ्नो निवासमा भेटी उनी नर्भिक पुगेका थिए । उनी अस्पताल पुगे लगतै पत्रकार सम्मेलन गरी प्रकाशको निधनबारे आधिकारिक जानकारी अस्पतालले दिएको थियो । उनको पार्थिव शरीरलाई माओवादी पार्टी कार्यालय पेरिस डाँडामा अन्तिम श्रद्धाञ्जलीको लागि राखिएको थियो भने हिजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरीएको थियो । प्रकाशको जन्म २०३८ साल जेठ १८ गते चितवनको भरतपुर महानगरपालिका वडा नं. १४ भीमसेननगरमा भएको थियो । उनले आफ्नो बाल्यकाल सोही स्थानमा बिताएका थिए भने अध्यक्ष प्रचण्डका स्वकीय सचिव एवं माओवादी केन्द्रका केन्द्रीय सदस्य पनि थिए । चुनावी प्रचार अभियान भइरहँदा प्रकाशको निधन भएपश्चात् विभिन्न राजनैतिक दलहरुले आफ्ना चुनावी प्रचार–प्रसारका काम आइतबार स्थगित गरे । तर माओवादी गठबन्धन गरेको पार्टी नेकपा एमालेले भने जम्मा एक घण्टा भन्दा बढी आफ्नो प्रचारका कार्यक्रमहरु स्थगित गर्न सकेन ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन पश्चात् पुत्र शोकमा रहेका प्रचण्डलाई हिजो उनको निवास पुगी राष्ट्रपति विद्यादेवी भण्डारीले समवेदना व्यक्त गरिन् । त्यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले पनि समवेदना व्यक्त गरेका छन् । उनले आफ्नो ट्वीटरमा भनेका छन् ‘पूर्व प्रधानमन्त्री एवम् मेरा मित्र पुष्पकमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खबरले मर्माहित भएको छु ।मृतकप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारजनलाई यस दुःखद घडिमा हार्दिक समवेदना व्यक्त गर्दछु ।’
त्यसैगरी पूर्वराजा ज्ञानेन्द्र शाहले पनि एक बक्तव्य जारी गरि समवेदना प्रकट गरे । भारतीय विदेशमन्त्री सुष्मा स्वराजले पनि प्रकाश दाहालको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छिन् भने नेपालका लागि भारतीय राजदूत मन्जीव सिंहले पनि दुःख व्यक्त गरेका छन् । त्यसैगरी एमाले अध्यक्ष केपी शर्मा ओली, राप्रपा अध्यक्ष कमल थापा, कांग्रेस नेता विमलेन्द्र निधि, गगन थापालगायतले प्रकाशको निधनप्रति श्रद्धाञ्जली तथा दाहालको परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथै प्रचण्डपुत्र प्रकाश दाहालको असामहिक निधनप्रति यस नयाँ विकल्प साप्ताहिक हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछ ।

सम्बन्धित समाचार

संसद्का दुवै सदनको बैठक बस्दै
संसद्का दुवै सदनको बैठक बस्दै
  • २०७४ मंसिर ४, ०९: १४

काठमाडौं । संघीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो...

संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
  • २०७४ मंसिर ४, ०९: १४

काठमाडौं : संघीय संसद्का दुवै सदनको बैठक बुधबार छुट्टाछुट्टै बस्ने भएको छ। संघीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११...

भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
भारतले नेपाललाई दियो १० वटा कैदी बोक्ने ट्रक
  • २०७४ मंसिर ४, ०९: १४

वीरगञ्ज : भारत सरकारले नेपाललाई १० वटा कैदी बोक्ने ट्रक हस्तान्तरण गरेको छ । भारतका वीरगञ्जस्थित महावाणिज्यदूत देवी सहाय मीणाले...