राष्ट्रिय युवासङ्घको अध्यक्षमा सिंह – Naya Bikalpa
June 27, 2026, Saturday      Epaper

राष्ट्रिय युवासङ्घको अध्यक्षमा सिंह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भातृ सङ्गठन राष्ट्रिय युवासङ्घको अध्यक्षमा बचनवहादुर सिंह चयन भएका छन् ।

यही माघ २५ र २६ गते काठमाडौंमा भएको सङ्घको दोस्रो केन्द्रीय कमिटी बैठकले सिंहको अध्यक्षमा ५०१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घका संयोजक रामप्रसाद सापकोटालाई बैठकले कारवाही गरेको छ ।

सङ्घको सहअध्यक्षमा किरण पौडेल, उपाध्यक्षमा अमित लामा, अन्जना अधिकारी, सन्तोष रावल, रविन थापा, क्षितिज थेबे, उर्मिला सुनुवार, नृपेन्द्र महत, सञ्जीव झा, रोशन बस्नेत, गजेन्द्र शाही, अशोक चौलागाईँ, तिरण गौतम र सुमन पुरी तथा महासचिवमा रमेश आचार्य, उपमहासचिवमा रामजी सापकोटा र रमेश तिवारी रहेका छन् ।

यस्तै सचिवमा रवीन्द्र लम्साल, सुमन बुढा, सन्तोषप्रकाश जोशी, सीता सुवेदी, सङ्गीता अछामी, मिलन सिंह, सुमित्रा बोगटी, चन्द्र दाहाल, तुलबहादुर अधिकारी, प्रकाश लामिछाने, गोविन्द बस्नेत, हरि लम्साल, खिलबहादुर राना, सम्राट गौचन, अमित पौडेललगायत ३५ जना रहेका छन् । कोषाध्यक्षमा मुकेश बुढाथोकी, सहकोषाध्यक्ष राकेश लामा र हिमेश केसी रहेका छन् ।

सहअध्यक्ष पौडेलले तीन महिनापछि सङ्घको पुनःगठन गरिने बताए । आगामी जेठ महिनामा अहिलेका अध्यक्ष सिंह ४० वर्ष उमेर पुगेपछि सहअध्यक्ष पौडेल अध्यक्ष बनाउने सहमति भएको छ ।

सम्बन्धित समाचार

अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
अरनिको राजमार्ग असार २२ गतेदेखि १५ दिन राति बन्द गरिने
  • २०७७ माघ २७, १२: २३

काभ्रेपलाञ्चोक : स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत धुलिखेल–खावा सडकखण्डलाई तीव्रता दिन असार तेस्रो सातादेखि १५ दिन रातको समयमा सवारीसाधन आवागमनमा रोक...

मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
मानवअधिकार आयोगसँग जेनजी आन्दोलनको प्रतिवेदन माग्दै ओलीले पठाए पत्र
  • २०७७ माघ २७, १२: २३

काठमाडौँ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय मानवअधिकार आयोगमा भदौ २३ र २४ गते भएका घटनासम्बन्धी अनुसन्धान प्रतिवेदन,...

एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ
  • २०७७ माघ २७, १२: २३

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को...