

नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको बिरुद्ध चरणबद्ध नियमित बिरोधका कार्यक्रम गर्दै आएको नेकपा प्रचण्ड–नेपाल समूहको बुधबार राजधानीमा हुने विरोध सभामा १६जना वक्ता तोकिएको छ ।
विरोध सभामा सदा झैं चार शीर्ष नेता अर्थात सचिवालय सदस्यहरु अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, बरिष्ठ नेता झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले प्र्मुख वक्ताको रुपमा भाषण गर्ने भएका छन् ।
त्यसका अलवा नेकपाका नेताहरु रघुजी पन्त, देव गुरुङ, जनार्दन शर्मा, सन्तकुमार चौधरी, रामचन्द्र झा, रामकुमारी झाँक्री, महफुज अन्सारी, भानुभक्त जोशी, अमृता थापा र अञ्जना विसंखेले सभालाई संवोधन गर्ने भएका छन् ।
बुधबारको विरोध सभाको अध्यक्षता हितबहादुर तामाङले गर्ने भएका छन् भने स्वागत भाषण जीवनराम श्रेष्ठले गर्ने भएका छन् भने सञ्चालन लीलामणि पोखरेल गर्ने भएका छन् ।
विरोध सभामा प्रचण्ड –माधव समूहका प्रभावशाली नेताहरु भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराई, कृष्णबहादुर महरा, वर्षमान पुन र गिरिराजमणी पोखरेललाई वक्ताको रुपमा राखिएको छैन । सो समूहका नेताहरुले भट्टराईलाई वक्ता नबनाएको भन्दै गुनासो गरेका छन् ।
संघीयताको सुदृढीकरणसँगै जनचाहना अनुसार सामान्य नागरिकहरुको समेत पहुच र अभिभावकिय भुमिकामा रहेको प्रादेशिक सरकारहरु अव्वल रुपमा अगाडि वढिरहेका छन ।...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य चयनका लागि मतदान आज राति साढे ८ बजेदेखि सुरु हुने...
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण अभियानअन्तर्गत नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउन ७७ वटै जिल्लाका लागि केन्द्रीय प्रतिनिधि...