शंकास्पद लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

शंकास्पद लुटेरा समूहद्वारा उत्तरी नाइजेरियामा २३ गाउँलेको हत्या

नयाँ विकल्प

एजेन्सी- अफ्रिकी मुलुक नाइजेरियाको उत्तरपश्चिम कडुना प्रान्तको एउटा गाउँमा बन्दुक बोकेका लुटेरा समूहको आक्रमणमा परेर कम्तीमा २३ जना गाउँलेको मृत्यु भएको छ ।

प्रान्तका सुरक्षा आयुक्त सामुएल अरुवानका अनुसार सोमबार शंकास्पद लुटेरा समूहले गाउँलेमाथि अन्धाधुन्ध आक्रमण गरेका थिए । नाइजेरियाको सेनाले आक्रमणको खोजीका लागि व्यापक सैन्य अभियान थालेको पनि उनले बताए ।

प्रान्तका गभर्नर नासिर एल–रुफाईले उक्त घटनाको कडा शब्दमा निन्दा एवं भत्र्सना गर्दै लुटेरा समूहका विरुद्ध सैन्य कारबाही तिब्र बनाउन सुरक्षा निकायहरुलाई निर्देशन दिएका छन् ।

हालैका महिनाहरुमा नाइजेरियाको उत्तरी क्षेत्रमा सशस्त्र समूहले नियमित अन्तरालमा आक्रमणको शृंखला नै चलाएका छन् । लुटेरा समूहले किसानले पालेका गाईवस्तु पनि लुट्ने गरेका छन् ।

सम्बन्धित समाचार

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७७ माघ २८, १५: ४५

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७७ माघ २८, १५: ४५

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७७ माघ २८, १५: ४५

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...