बेलायतमा मंगलबार कारोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

बेलायतमा मंगलबार कारोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु

नयाँ विकल्प

एजेन्सी- बेलायतमा केही महिना अघिदेखि शुरु भएको कोरोना भइरसको दोस्रो लहर तथा पछिल्ला केही हप्तामा देखिएको कोरोनाको नयाँ स्वरुपको भाइरसपछि मृत्यु हुनेको संख्यामा कमी आएको छैन ।

यहाँ यो भाइरसबाट मृत्यु हुनेको संख्या करिब सात माहिना पछिकै धेरै देखिन थालेको यहाँको सरकारी तथ्यांकले देखाएको छ ।लायतको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार गएको २४ घन्टामा थप १ हजार ५२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १३ हजार ८५० जना पुगेको पनि बताइएको छ । यहाँ अहिले पनि संक्रमणको संख्या बढीरहेका समाचारहरु आइरहेका छन् । मृतक तथा कोरोना संक्रमितको संख्या पहिलेका तुलनामा केही कमी देखिएको भए पनि उल्लेखनीय रुपमा कमी आउन भने सकेको छैन ।

यहाँ नयाँ स्वरुपको भाइरसको संक्रमण शुरु भएको केही हप्ता अघिको तुलनामा संक्रमित संख्या कम देखिए पनि उल्लेख्य रुपमा कमी आउन भने सकेको छैन । यहाँका स्वास्थ्य सम्बन्धी अधिकारीहरुले दिएको जानकारी अनुसार गएको २४ घन्टामा १२ हजार ३६४ जना संक्रमित थपिएका छन् ।

यहाँको सरकारी तथ्यांकमा उल्लेख भएअनुसार योसँगै बेलायतमा यो भाइरसबाट संक्रमित हुनेको संख्या ३९ लाख ७२ हजार १४८ जना रहेको छ । यसैगरी बेलायतबाट प्राप्त भएको अर्काे एक समाचारमा बेलातमा मंगलबारसम्मको तथ्यांकमा यहाँका १ करोड २० लाखभन्दा बढी नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिइएको छ ।

सम्बन्धित समाचार

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७७ माघ २८, १६: २०

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७७ माघ २८, १६: २०

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७७ माघ २८, १६: २०

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...