आगामी जुलाईसम्ममा अधिकांश अमेरिकीलाई खोप दिने तयारी – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

आगामी जुलाईसम्ममा अधिकांश अमेरिकीलाई खोप दिने तयारी

नयाँ विकल्प

एजेन्सी – अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी जुलाईको अन्त्यसम्ममा अधिकांश अमेरिकीलाई कोरोनाभाइरस विरुद्धको खोप दिइने योजना घोषणा गरेका छन् ।

राष्ट्रपति बाइडेनले उक्त खोप अभियानका लागि थप दुई करोड डोज खोपको व्यवस्था गर्न लागेको जानकारी दिएका हुन् । अमेरिकामा अब खोपहरु औषधि पसल र सुपरमार्केटका फार्मेसी पसलमा पनि उपलब्ध गराइने योजना अगाडि बढेको छ ।

बाइडेन प्रशासनले मोडर्नाबाट एक करोड तथा फाइजर कम्पनीबाट एक करोड डोज खोप किन्ने सम्झौता गरेको छ । युरोपेली मुलुकमा कोभिड–१९ का संक्रमितको संख्यामा केही कमी आइरहे पनि विश्वका अन्य स्थानमा कोरोनाभाइरसको प्रभाव अझै बाँकी रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले जनाएको छ ।

डब्लुएचओका युरोप निर्देशक हान्स क्लजले कोरोनाभाइरसको संक्रमणमा कमी आएको देखिए पनि समुदायस्तरमा नयाँ स्वरुपमा कोरोना फैलिएको हुन सक्नेतर्फ सचेत रहनु पर्नेमा जोड दिएका छन् । युरोपेली मुलुकहरुमा अझै पनि हरेक साता पाँच लाखको हाराहारीमा नयाँ संक्रमित फेला परिरहेका छन् ।

खोप खरिदको पछिल्लो विश्लेषणमा संयुक्तराज्य अमेरिका नै अग्र स्थानमा रहेको छ । यहाँ कोरोना संक्रमणबाट चार लाख ७० हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । अमेरिकामा सबै योग्य व्यक्तिलाई जुलाईको अन्त्यसम्ममा खोप दिन पुग्नेगरी पर्याप्त खोपको व्यवस्था गर्न लागिएको बाइडेन प्रशासनले जनाएको छ ।

एएफपीको गणना अनुसार विश्वभर कम्तीमा ९१ मुलुकका १५ करोड ५७ लाख व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लिइसकेका छन् । तर सीमित आपूर्तिका कारण खोप अभियानमा असर परेको छ ।

सम्बन्धित समाचार

नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
नतिजा सार्वजनिक भएको दुई साताभित्रै ट्रान्सक्रिप्ट उपलब्ध गराइने
  • २०७७ माघ ३०, १६: ५०

काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...

कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला
  • २०७७ माघ ३०, १६: ५०

काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...

राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
राष्ट्रिय सभा अध्यक्ष दाहाल र अष्ट्रेलियाका सभामुख डिकबीच शिष्टाचार भेटवार्ता
  • २०७७ माघ ३०, १६: ५०

काठमाडौँ । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधि सभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेटवार्ता भएको छ । टर्कीको...