मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान – Naya Bikalpa
April 30, 2026, Thursday      Epaper

मुस्लिमको मदरसा बनाउन हिन्दूले गरे जग्गादान

नयाँ विकल्प

झापा- झापाको विर्तामोड नगरपालिका–३ मा मुस्लिम समुदायका बालबालिकाले अध्ययन गर्ने धार्मिक विद्यालय मदरसा निर्माणका लागि एक हिन्दू समाजसेवीले जग्गादान गरेका छन् ।

मदरसा निर्माणका लागि समाजसेवी विष्णुमाया प्रसाईंले रु १५ लाख मूल्य पर्ने १२ धुर जग्गा दान गरेकाेे प्रदेशसभा सदस्य एकराज कार्कीले जानकारी दिए । अरु जग्गा सहुलियत मूल्यमा खरिद गरेर आठ कठ्ठा जग्गा पुर्याइने र मदरसा भवन निर्माण गरिने मदरसाका प्रमुख अफरोज खानले बताए ।

हाल स्थानीय मस्जिदमा कक्षा ४ सम्म मदरसा सञ्चालन हुँदै आएको छ । जग्गा प्राप्त भएको समावेशी टोलमा कक्षा १२ सम्म पठनपाठन हुनेगरी मदरसाको भवन निर्माणका लागि सबै धार्मिक समुदायका दाताहरुलाई आह्वान गरिएको अध्यक्ष खानले बताए ।

सो क्षेत्रमा मुस्लिम समुदायका १५० परिवार बसोबास गर्दै आएको छ । नजिक कुनै विद्यालय नभएको हुँदा मुस्लिम समुदायका सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्याउन मदरसा स्थापना गरिएको वडाध्यक्ष भोजराज सिटौलाले बताए । समाजसेवी प्रसाईं हिन्दू हुन् ।

उनको जग्गादानले नेपाली समाजमा परापूर्वकालदेखि कायम रहँदै आएको हिन्दू–मुस्लिमबीचको सामाजिक सद्भाव र धार्मिक सहिष्णुतालाई उजागर गरेको स्थानीय पत्रकार विजय बरालले बताए । जग्गादाता प्रसाईलाई आइतबार एक समारोहबीच मदरसाले सम्मान गरेको छ । मुस्लिम समुदायका बालबालिका शिक्षाको उज्यालोबाट वञ्चित हुन नपरोस् भनेर मदरसा सञ्चालनका लागि आफूले जग्गा दान गरेको उनले बताइन् ।

एक रुपैयाँ दान अभियान शुरु यसैबीच झापाको अर्जुनधारा–१ स्थित साधुटार गुरुकुलमा आर्थिक अभाव भएपछि सञ्चालकहरूले एक रुपैयाँ दान अभियान शुरु गरेका छन् । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले पाँच वर्षसम्म दैनिक एक रुपैयाँका दरले हुने रकम दान गर्दै शनिबार अभियानको शुरुआत गरेका थिए ।

गुरुकुलका प्राचार्य लक्ष्मीप्रसाद खतिवडाले आगामी पाँच वर्षभित्रमा एक रुपैयाँ दान अभियानबाट संस्थालाई रु ११ करोड सहयोग सङ्कलन गर्ने लक्ष्य लिइएको बताए । इलाम जिल्लाको सिमानामा प्राकृतिकरूपमा रमणीय स्थानमा चार बिघा क्षेत्रफलमा साधुटार धार्मिक पर्यटकीय स्थल रहेको छ । शङ्कराचार्य पीठका रूपमा प्रख्यात सो स्थानमा सञ्चालित गुरुकुलमा एक सय विद्यार्थीले अध्ययन गर्दै आएका छन् ।

धार्मिक पर्यटकको दानबाट प्राप्त हुने स्रोतबाट नै गर्जो टार्दै आएको गुरुकुल कोभिड–१९ को विश्वव्यापी महामारीबाट आर्थिक सङ्कटमा फँसेपछि सहयोग सङ्कलनका लागि एक रुपैयाँ दान अभियान शुरु गरिएको गुरुकुलका प्राचार्य खतिवडाले बताए ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी
  • २०७७ फाल्गुन ३, १२: २६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक खरिदसम्बन्धी अध्यादेश जारी गरेका छन्  । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले सार्वजनिक खरिद (दोस्रो संशोधन)...

जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु
  • २०७७ फाल्गुन ३, १२: २६

काठमाडौँ : रोल्पाको थवाङस्थित जलजलामा जिप दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ । थवाङ गाउँपालिका-१ जलजलामा रुकुमपूर्वबाट जलजलातर्फ जाँदै...

राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
  • २०७७ फाल्गुन ३, १२: २६

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन् । सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका...