पूर्वप्रधानन्यायाधीश शर्माको गुनासोः ४३ वर्षको ख्याति ३२ वर्षे निवेदकले ध्वस्त पार्ने प्रयास गरे – Naya Bikalpa
April 19, 2026, Sunday      Epaper

पूर्वप्रधानन्यायाधीश शर्माको गुनासोः ४३ वर्षको ख्याति ३२ वर्षे निवेदकले ध्वस्त पार्ने प्रयास गरे


नयाँ बिकल्प,

काठमाडौं । पूर्वप्रधानन्यायाधीश तथा राष्ट्रिय मानवअधिकार आयोगका निवर्तमान अध्यक्ष अनुपराज शर्माले आफूले न्याय, कानुन र मानव अधिकारको क्षेत्रमा कमाएको ४३ वर्षको ख्याति र अनुभवलाई एक ३२ वर्षका निवेदकले ध्वस्त पार्ने प्रयास गरेको गुनासो गरेका छन् ।

सोमबार सर्वोच्च अदालतमा लिखित जवाफ पेश गर्दै शर्माले रिट निवेदक धनजीत बस्नेतप्रति लक्षित गर्दै ‘विपक्षी निवेदकले अवहेलनाको अवधारणा र यसका क्रियाकलाप बीचमा कुनै तात्विक सम्बन्ध स्थापित गर्न सकेको छैन। निवेदक ३२ वर्षको देखिन्छ । न्याय, कानुन र मानव अधिकारको क्षेत्रमा मेरो ४३ वर्षको अनुभवलाई ध्वस्त पार्ने कुनियत राखी सस्तो चर्चा कमाउने दुषित मनसायले विपक्षीले निवेदन दायर गरेको देखिन्छ ।’

पूर्वप्रधानन्यायाधीश शर्माले संविधान आफै ‘पब्लिक डोमेन’ को सार्वजनिक दस्तावेज भएकाले संविधान र संवैधानिक व्यवस्थाको सम्बन्धमा अदालत बाहिर नागरिक बीचमा छलफल हुन सक्ने दावी गरेका छन् । लिखित जवाफमा उनले भनेका छन्, ‘यस्तो छलफल र यससँग सम्बन्ध राखी जारी भएका विज्ञप्तिले अदालतको अवहेलना हुँदैन ।’

गत पुस २४ गते शर्मासहित चार पूर्वप्रधानन्यायाधीशले संयुक्त विज्ञप्ति जारी गरेको विषयलाई लिएर रिट निवेदकले अदालतको अवहेलना मुद्दा दायर गरेका थिए । प्रतिनिधिसभा विघटनपछिको परिस्थितिमा चार पूर्वप्रधानन्यायाधीशले आफ्नो दृष्टिकोण विज्ञप्तिमार्फत सार्वजनिक गरेका थिए ।

उनीहरुले प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम संबैधानिक र राजनीतिक दृष्टिकोणले समेत अनुुपयुक्त भएको बताएका थिए ।
न्याय, कानून र मानवअधिकारको क्षेत्रमा लागेका शर्मा यस क्षेत्रका अब्बल, तठस्थ र निश्कलंक क्षवि भएका व्यक्तित्वको रुपमा स्थापित छन् ।

निवदेशकहरुले सर्वोच्चका पूर्वप्रधानन्यायाधीशहरु शर्मासहित मिनबहादुर रायामाझी, कल्याण श्रेष्ठ र शुशीला कार्कीबिरुद्ध अदालतको मानहानी गरेको भन्दै रिट निबेदन दर्ता गराएका थिए ।

सम्बन्धित समाचार

कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
कच्चा तेलको मूल्यलाई आधार बनाएर नेपालमा इन्धन महँगिएको भन्ने विश्लेषण भ्रामक हो : आयल निगम
  • २०७७ फाल्गुन ३, १४: २६

काठमाडौँ : नेपाल आयल निगमले प्रशोधित पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय मूल्यका आधारमा स्थानीय बजारमा खुद्रा बिक्री मूल्य निर्धारण हुँदै आएको जनाएको...

ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
ललितपुरमा रातो मच्छिन्द्रनाथको रथारोहण
  • २०७७ फाल्गुन ३, १४: २६

ललितपुर : ऐतिहासिक तथा सांस्कृतिक रूपमा ललितपुरमा मनाउँदै आएको उपत्यकाकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथारोहण भएको छ...

आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
आशा भोसलेको स्मृतिमा काठमाडौंमा ‘कला संवाद’
  • २०७७ फाल्गुन ३, १४: २६

काठमाडौं : भारतीय राजदूतावास काठमाडौँले आफ्नो नियमित सांस्कृतिक शृङ्खला ‘कला संवाद’ अन्तर्गत शुक्रबार एक विशेष साङ्गीतिक साँझको आयोजना गरी स्वर्गीय...