प्रदेश प्रमुख बर्खास्त र नियुक्तिप्रति कांग्रेसको आपत्ति – Naya Bikalpa
May 1, 2026, Friday      Epaper

प्रदेश प्रमुख बर्खास्त र नियुक्तिप्रति कांग्रेसको आपत्ति

नयाँ बिकल्प,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको सिफारिसमा २ नंम्वर प्रदेश प्रमुखको शुक्रबार गरिएको बर्खास्ती र नयाँ नियुक्तिको नेपाली कांग्रेसले घोर विरोध र भत्सर्ना गरेको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले प्रक्रिया बमोजिम गरिएको प्रदेश प्रमुखहरुको नियुक्तिलाई बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको घटना प्रवृत्ति दोहो¥याएर सरकारले प्रदेश प्रमुखको गरिमा थप घटाउंदै जाने कर्म गरेको कांग्रेसले ठहर गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले निर्वाचन घोषणा भएको अवस्थामा दलिय विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक भएको जनाएका छन् ।

संसद विघटनको असंवैधानिक कदमपछि काम चलाउ स्थितिमा पुगेको सरकारले यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न विल्कुलै नमिल्ने भन्दै प्रवक्ता शर्माले स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिएका छन् ।

सरकारको सिफारिसमा शुक्रबार २ नम्वर प्रदेशका प्रदेश प्रमुख तिलक परियारलाई हटाएर रौतहटका राजेश अहिराज झालाई नियुक्त गरिएको थियो ।

सम्बन्धित समाचार

राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे सम्पत्ति शुद्धीकरणसम्बन्धी अध्यादेश
  • २०७७ फाल्गुन ७, २३: ०७

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...

नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
नेपाल–अमेरिका आर्थिक सहकार्य सुदृढ बनाउने विषयमा अर्थमन्त्री वाग्ले र अमेरिकी विशेष दूत गोरबीच भेट
  • २०७७ फाल्गुन ७, २३: ०७

काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...

दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन तीव्र, अस्थायी बसोबासको तयारी
  • २०७७ फाल्गुन ७, २३: ०७

काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...