‘गेगनाथ नहर्की स्मृतिमा पत्रकारिता पुरस्कार’ स्थापना – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

‘गेगनाथ नहर्की स्मृतिमा पत्रकारिता पुरस्कार’ स्थापना

नयाँ विकल्प

तनहुँ- नेपाल प्रेस युनियन तनहुँका अध्यक्ष अमरराज नहर्कीले आफ्नो स्वर्गिय बुबा गेगनाथ नहर्कीको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गरेका छन् ।

अध्यक्ष नहर्कीले शनिबार एक कार्यक्रममा ‘गेगनाथ नहर्की स्मृति पत्रकारिता पुरस्कार’ अक्षय कोष स्थापना गर्न रकम हस्तान्तरण गरेका हुन् । अक्षय कोषका लागि रु ५१ हजार १५१ नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य ध्रुव वाग्लेलाई अध्यक्ष नहर्की, नहर्कीकी धर्मपत्नी प्रभा नहर्की, दिदी सान्नानी पाण्डे र भाई दिनेशराज नहर्कीले प्रदान गरे ।

सो अक्षय कोषबाट प्राप्त हुने ब्याजबाट बर्सेनि युनियनले सिफारिस गरेको जेहेन्दार पत्रकारलाई पुरस्कार प्रदान गर्ने योजना रहेको छ । अध्यक्ष नहर्की सेतीमादी दैनिकका सहसम्पादक र गोरखापत्र दैनिकका तनहुँ समाचारदाता हुन । रकम हस्तान्तरण कार्यक्रमका नेता वाग्लेले प्रतिनिधिसभा पुनःस्थापना भए कांग्रेसलाई मान्य हुने र पुनःस्थापना नभए निर्धारित समयमा नै निर्वाचन हुनुपर्नेमा जोड दिए ।

कांग्रेसका कार्यवाहक जिल्ला सभापति जीतप्रकाश आलेले हाल सरकार अलोकन्त्रान्त्रिक तरिकाबाट अघि बढिरहेकाले सर्वासत्तावादका विरुद्ध, भ्रष्टाचार र असंवैधानिक कदमका विरुद्ध खबरदारी गरी जनतालाई सुसूचित पार्न आग्रह गरे । प्रवक्ता महेश्वर भट्टराईले पार्टीको कुरालाई चलायमान गराउन प्रेस युनियनकर्मीले महत्वपूर्ण भूमिका निर्वाह गरेको र भावी दिनमा पनि सशक्तरूपमा अघि बढ्न आग्रह गरे ।

सो अवसरमा नेपाल प्रेस युनियनको गतिविधिका बारेमा समीक्षा गरिएको थियो । समीक्षा कार्यक्रममा पश्चिमाञ्चल संयोजक प्रदीप काफ्ले, पूर्वअध्यक्ष डम्बरबहादुर अधिकारी, निवर्तमान अध्यक्ष ओमकार आचार्य, महिला विकास सदस्य सोनी शर्मा, पार्षद्हरु वसन्त कँडेल, मदन वाग्ले, शङ्करराज नहर्की, शैलेश मिश्र, सल्लाहकार गोरा मिया, सदस्य आशबहादुर घिमिरेलगायतले एकता नै बल भएकाले एकताबद्ध भएर अघि बढ्न जरुरी रहेको कुरामा जोड दिएका छन् ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७७ फाल्गुन ९, १२: ०९

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७७ फाल्गुन ९, १२: ०९

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
सरकारका पाँच निर्णय : चीनको २ मिलियन डलर अनुदानदेखि प्रधानमन्त्रीको भारत भ्रमण स्वीकृतिसम्म
  • २०७७ फाल्गुन ९, १२: ०९

काठमाडौं । सरकारले भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माण तथा राहतका लागि चीन सरकारबाट प्राप्त हुने २ मिलियन अमेरिकी डलर अनुदान...