
नयाँ विकल्प
एजेन्सी- अफगानिस्तानको दक्षिणी प्रान्त हेल्मान्डको प्रान्तीय राजधानी लस्कार घामा व्यस्त सडकमा भएको एक विस्फोटमा परी कम्तीमा एक प्रहरी अधिकारीको मृत्यु भएको छ ।
यस विस्फोटमा अन्य १५ जना घाइते भएका छन । अफगानिस्तानको हेल्मण्ड प्रान्तको राजधानी शहर लास्कर घामा सो विस्फोट गराइएको थियो ।
बम विस्फोट कसले गराएको भन्ने बारेमा केही जानकारी आएको छैन । हालसम्म यस विस्फोट कुनै समूहले जिम्मा पनि लिएको छैन् । तर पनि प्रहरीले सो विस्फोट तालिबानी विद्रोहीले नै गराएको बताएका छन् ।
सो विस्फोट यहाँको जिल्ला प्रहरी कार्यालयको नजिकै भएको बताइएको छ । यस विस्फोटमा परेर अरु केही नागरिक घाइते भएका छन् । उनीहरुलाई आकस्मिक रुपमा अस्पताल लगिएको छ ।
काठमाडौं : सरकारले सरकारी कर्मचारीहरूको तलबभत्ता भुक्तानी प्रणालीमा महत्वपूर्ण परिवर्तन गर्दै अब अर्धमासिक रूपमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।...
काठमाडौँ : देशका विश्वविद्यालयहरूले परीक्षाफल सार्वजनिक गरेपछि १५ दिनभित्र विद्यार्थीलाई ट्रान्सक्रिप्ट उपलब्ध गराउने व्यवस्था लागू गर्ने सहमति गरेका छन् ।...
काठमाडौँ : तुर्माखाँद गाउँपालिका-३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका-३ का...