
नयाँ बिकल्प,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले ६८ वटा जिल्ला कमिटीको अध्यक्ष र सचिव टुंगो लगाएका छन् ।
नेकपा केपी शर्मा ओली समूहलाई अलग गरी गठन गरिएको जिल्ला कमिटीमा पूर्व नेकपा माओवादीको नेतृत्व गरेका पुुष्पकमल दाहाल प्रचण्ड र पूर्वएमालेको नेतृत्व गरिरहेका माधवकुमार नेपाल पक्षले ६८ वटै जिल्लामा ५० – ५० प्रतिशत भाग पाएका छन् ।
बाँकी जिल्ला कमिटीको नेतृत्व कसलाई दिने भन्ने विषयमा सहमति भएको छैन । पार्टीको जिल्ला इन्चार्ज र सहइन्चार्जको पनि टुंगो लगाउन बाँकी छ ।
तत्कालीन नेकपामा ७७ वटा जिल्ला कमिटीवाहेक ६वटा महानगर कमिटी र विशेष जिल्ला कमिटी गरी ८३ वटा जिल्ला सरहका कमिटी रहेका थिए । अध्यक्ष नेपाल नेतृत्वको कार्यदलले तयार पारेको मापदण्डका आधारमा ६८ जिल्ला कमिटीको नेतृत्वले पूर्णता पाएको हो ।
प्रचण्ड–नेपाल समूहले जिल्लामा इन्चार्ज, सह इन्चार्ज, अध्यक्ष र सचिव रहेको पदाधिकारीको प्रस्ताव गरेको छ । जसअनुसार एउटा पक्षले अध्यक्ष लिएको जिल्लामा अर्को पक्षले सचिव पाएको छ ।
यस्तो छ, जिल्ला कमिटीमा चयन भएका अध्यक्ष र सचिवको सूचीः




काठमाडौं : भारतले नेपालको विकास तथा पूर्वाधार निर्माणका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता उपलब्ध गराउने भएको...
नयाँ दिल्ली : भारतले नेपालको पूर्वाधार विकास, विपद्पछिको पुनर्निर्माण र ऊर्जा क्षेत्रका परियोजनाका लागि २४ हजार करोड नेपाली रुपैयाँ बराबरको...
काठमाडौं : नेपालको लामो समयदेखिको हवाई रुटसम्बन्धी माग सम्बोधन गर्न भारत सहमत भएको छ । प्रधानमन्त्री वालेन्द्र शाहको दुई दिने भारत...