
नयाँ विकल्प
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड–नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले घेट गरेका छन् ।
चितवनमा रहेका प्रचण्ड बुधाबार विहानमात्र काठमाडौं आएका थिए । प्रचण्ड र नेपाल सभापति देउवालाई भेट्न देउवा निवास बुढानिलकण्ठ गएका थिए । नेताहरुबीच सर्वोेच्च अदालतले मंगलबार प्रतिनिधि सभा पुनस्र्थापना गरिदिए पछिको समसामयिक विकसित राजनीतिक घटनाक्रमबारे छलफल भएको स्रोतल्े बतायो ।
पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधि सभा विघटन गर्ने सिफारिस सर्वोच्च अदालतले बद्धर गरी १३ दिन भित्र प्रतिनिधि सभाको अधिवेशन बोलाउन आदेश जारी गरेको थियो । संसदमा प्रधानमन्त्री ओली अल्पमतमा पर्ने अबस्था र भावी सरकार गठनबारे छलफल गर्न प्र्रचण्ड र नेपाल बुधबार दिउँसो देउवासंग छलफलकालागि बुढानिलकण्ठ गएका थिए ।
संसद विघटनपछि कांग्रेस र नेकपा भित्रको प्रचण्ड माधव समूहले निरन्तर आन्दोलन गर्दै आएको थियो । ओलीको संसद विघटन निर्णय बदर भएसँगै नयाँ सरकारको नेतृत्व गर्न प्रचण्ड – माधवले यस अघि नै शेरबहादुर देउवालाइ सार्वजनिक प्रस्ताव गरेका थिए ।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...