
नयाँ बिकल्प,
काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बिरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि अन्तरिम आदेश नआएकोले आफूले अदालतको आदेश पर्खनु पर्ने धारणा राखेको बताएका छन् ।
महेन्द्रनारायण निधिको ९९ औं जन्म जयन्तीको अवसरमा महेन्द्रनारायण निधि स्मृति प्रतिष्ठानले बुधबार राजधानीमा आयोजना गरेको ‘अहिंसा र शान्तिः आजको सन्दर्भ’ विषयक बिचार गोष्ठीलाई संवोधन गर्दै देउवाले यस्तो दाबी गरेका हुन् ।
नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक र अलोकतान्त्रिक कदम चालेको भनेर पार्टीको केन्द्रीय कार्यसमितिबाटै निर्णय भएको जनाउँदै विघटन बिरुद्ध अदालतमा मुद्धा परेपछि आफूले अदालतको आदेश पर्खनु पर्ने धारणा राखेको बताउ ।
‘ओलीको कदम उपयुक्त होइन भनेर पार्टीले आधिकारिक धारणा सार्वजनिक गरिसकेको छ’, तर कांग्रेस न्यायीक स्वतन्त्रताको पक्षपाती भएकाले अदालतको आदेश मान्ने भनेर बेलोको हो’ देउवाले भने ।
उनले सर्वोच्च अदालतको आदेशबाट प्रतिनिधिसभा पुनस्र्थापना भएसँगै मुलुकको संविधान जोगिएको भन्दै अब पार्टीको पदाधिकारीसँग छलफल गरी केन्द्रीय कार्यसमितिको बैठकमार्फत पार्टीले आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।
देउवाले प्रतिनिधिसभा पुनस्र्थापनासँग विकसित घटनको बिषयमा नेकपाका पुुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसँग छलफल भएको भन्दै पार्टीको धारणा केन्द्रीय कार्यसमितिको बैठकबाटै वाहिर आउने बताए ।

कार्यक्रममा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगाना लगायतका नेताहरुको उपस्थिति थियो ।
देउवाले कांग्रेसले केही गर्दैन भनेर विरोध गरिरहेकाहरू अहिले कांग्रेसलाई खोज्न थालेको र कांग्रेसबाट केही आशा गर्नु राम्रो पक्ष भएको बताए।
‘मुलुकमा कांग्रेसले केही गरेन भनेर विरोध गर्नेहरूले नै अहिले कांग्रेसलाई खोजिरहेको छन्’ देउवाले भने मुलुकमा कांग्रेकाे आवस्यकता स्पष्ट हुँदै गएकाे छ ।
उनले भने ‘प्रतिनिधि सभामा कांग्रेसको ६३ सांसद छन्, संख्यामा याे कम भएपनि राष्ट्रिय राजनीतिमा काग्रेसकाे महत्व कति छ भन्ने देखिदै छ ।’
उनले नेकपाभित्र दुइटा समूह देखिएको तर पार्टी कानुनी रूपमा एक नै रहेको बताए। ‘उहाँहरूका बीचमा झगडा भयो। अहिले दुइटा समूह छ। पार्टी एकै छ। हामी कुनै पार्टी फुटोस् भन्ने चाहना पनि छैन,’ उनले भने।
सर्वोच्चले प्रतिनिधि सभा विघटनबारे अन्तरिम आदेश नदिएकोले आफूले पुनर्स्थापना र चुनाव दुबै जे भए पनि स्वीकार गर्छौं भनेको देउवाको भनाइ छ। ‘सर्वोच्चले स्टे अडर देला भनेको दिएन। त्यसपछि के होला के होला भन्ने लाग्यो मलाई। त्यही भएर मैले पुनर्स्थापना र चुनाव जे भए पनि स्वीकार गर्ने बताएको हुँ,’ देउवाले भने।
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् । शुक्रबार राष्ट्रपति पौडेलले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ)...
काठमाडौँ — अर्थमन्त्री स्वर्णिम वाग्ले र दक्षिण तथा मध्य एसियाका लागि डोनाल्ड ट्रम्पका विशेष दूत सर्जियो गोरबीच भेटवार्ता भएको छ। शुक्रबार...
काठमाडौं — दशरथ रंगशालामा सुकुमवासीहरूको विवरण संकलन कार्य तीव्र गतिमा अघि बढाइएको छ। सहरी व्यवस्थापनलाई प्रभावकारी बनाउने उद्देश्यसहित विभिन्न स्थानबाट...